गाउँपालिका अध्यक्षबाट शौचालय उद्घाटन 

इलाम :  माइजोगमाइ गाउँपालिका नयाँबजारमा रहेको पल्लयुङ साङगछोलिङ गुम्मामा संचालित हिसे होसर सेरफ रिडलिङ विद्यालयमा निर्मित शौचालयको उद्घाटन भएको छ ।

पल्युल साङ्गछोलिङ गुम्बामा संथालित हिसे होसर सेरफ रडिलिङ विद्यालयमा वास सुविधा सहितको शौचालयको उद्घाटन माइजोगमाई गाउँपालिका अध्यक्ष जितबहादुर राईले गरेका हुन् ।

माइजोगमाई गाउँपालिकाको आर्थिक वर्ष २०७७/०७८ को स्वीकृत कार्यक्रम अनुसार शौचालय निर्माण भएको हो । माइजोगमाई गाउपालिकाबाट ६ लाख ७२ हजार र स्थानीय स्रोतबाट १ लाख २ हजार २ सय ८ रुपैयाँको लगानीमा शौचालय निर्माण भएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।

माइजोगमाइ गाउपालिकामा  धर्मिक विद्यालयहरु खुल्ने क्रम बढिरहेको अवस्थामा बौध शिक्षा लिनको लागि माइजोगमाइ गाउँपालिका बाहिर जानु नपर्ने अवस्था सिर्जना गर्न बौध शिक्षाको कक्षाहरु समेत थप गर्ने विद्यालय ब्यवस्थापन समितिले जनाएको छ ।

उद्घाटन कार्यक्रममा माइजोगमाइ गाउँपालिकाका उपाध्यक्ष साबित्रा भट्टराइसहित, कर्मचारी, विभिन्न रानजनैतिक दलका प्रतिनिधि, स्थानीय समाजसेवीहरुलगायतको उपस्थिति थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार