भाउन्ने युथ क्लबद्वारा खेलाडीहरूलाई सम्मान

बेलवारी : जनकनन्दनी खजुरी धनुषामा आयोजित तेस्रो अध्यक्ष गोल्डकप २०७७ उपाधि जितेका खेलाडीहरूलाई भाउन्ने युथ क्लबले सम्मान गरेको छ ।

बेलवारीनगरपालिका वडा नम्बर १० स्थित भाउन्ने युथ क्लबको प्रगानमा खेलाडीहरूलाई बधाई तथा सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि बेलवारी नगरपालिका वडा नम्बर १० का अध्यक्ष गंगा याख्याले गरेका थिए । याख्खाले खेलको लागि वडाले गर्ने सहयोगको भूमिका सधैँ रहने बताउनुको साथै खेलाडीहरुलाई बधाई दिएका छन् ।

भाउन्ने युथ क्लबका अध्यक्ष सन्तोष तामाडले क्लबले गोल्डकप जित्दै ऐतिहासिक उपाधी हासिल गरेको र क्लबले फुटबल र अन्य सामाजिक गतिविधि मार्फत युवाहरुलाई स्वस्थ, अनुशासित, गतिशिल र सफल बनाउन सक्दो भुमिका निर्वाह गर्ने बताए साथै यो जित भाउन्ने को मात्र नभई बेलवारी नगरपालिकाकोनै विजय भएको बताएका छन् ।

क्लबका सल्लाहकार तथा टिम मेनेजर विक्रम तामाड र खेलाडीहरुलाई सम्मान स्वरुप रकम हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बेलवारी नगरपालिका कार्यपालिका सदस्य जंग विष्ट, कलबका सल्लाहकार मदन राई, ज्ञानु राई, हरि लिम्बु, अशिष लिम्वु लगाएतको उपस्थिती रहेको थियो ।

कार्यक्रमको अध्यक्षयता तामाङले गरेका थिए भने सञ्चालन क्लबका सल्लाहकार अमिर मगरले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार