जुविल्याण्टले चुम्याे फुटसलको उपाधि

इलाम : प्रथम शहीद रत्नकुमार वान्तवा स्मृति अन्तर मावि फुटसल–२०७७ को उपाधी जुविल्याण्ट इलाइट एकेडेमीले जितेको छ ।

शहीद रत्नकुमार वान्तवाको स्मृति दिवस तथा जन्मजयन्तीको अवसरमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन इलाम नगर कमिटीले आयोजना गरेको प्रतियोगिताको प्रतिस्पर्धात्मक उपाधी भिडन्तमा जुविल्याण्टले ग्रीनहिल बोर्डिङ्ग स्कूललाई ७–५ गोल अन्तरले पराजित गर्यो ।

प्रतियोगिताका विजेता र उपविजेता टिमलाई पूर्व सभामुख, नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं संसदीय दलका उपनेता सुबासचन्द्र नेम्बाङ्ग, राष्ट्रियसभाका सांसद् अगमप्रसाद वान्तवा, इलाम नगरपालिका प्रमुख महेश बस्नेत लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगिताको विजेता स्कूल र खेलाडिहरुलाइ ५० हजार रुपैंयाँ, ट्रफी, मेडल र प्रमाणपत्र साथै उपविजेता स्कूल र खेलाडिहरुलाई २५ हजार रुपैंया, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । फुटसल प्रतियोगिताभरको उत्कृष्ट खेलाडि जुविल्याण्टका साङ्गे शेर्पा घोषित भए उच्च गोलकर्ता जुविल्याण्टकै नवीन कुलुङ्ग भए । उत्कृष्ट खेलाडि र उच्च गोलकर्तालाई जनही पाँच हजार रुपैंयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

२५ चैतदेखि शुरु भएको प्रतियोगितामा इलाम नगरपालिकाभित्रका ९ वटा विद्यालयका १२ वटा टिमहरुको सहभागिता रहेको अनेरास्ववियु इलाम नगर कमिटी अध्यक्ष प्रतिमा रिजालले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार