कर्मचारी मिलन केन्द्र इलामको कार्य समिति पुर्नगठन

इलाम : कर्मचारी मिलन केन्द्र इलामको कार्य समिति हालै पुनर्गठन भएको छ ।

कर्मचारी मिलन केन्द्र इलामका अध्यक्ष भूमिराज भुसालको अध्यक्षतामा बुधबार बसेको बैठकले लामो समयदेखि रिक्त रहेको कार्य समितिका विभिन्न पदहरुमा सर्वसम्मतिले मनोनयन गरी कार्य समिति पुर्नगठन गरेको हो ।

पुर्नगठित कार्य समितिको अध्यक्ष भूमिराज भुसाल, उपाध्यक्ष रामकुमार शाह, सचिव अर्जुनकुमार राई, कोषाध्यक्ष लाक्पादिकी शेर्पा, सहसचिव हरिबहादुर थापा, सदस्यहरु हरिबहादुर दहाल, प्रमोद भटृराई, पदम कटृेल, छबिलाल खतिवडा, गंगा कुँवर, जसबहादुर राई, टोनी बर्देवा, प्रदिप श्रेष्ठ, यमबहादुर रुम्वा रहेका छन् ।

कार्यसमितिका पदाधिकारीहरुलाई कर्मचारी मिलन केन्द्रका कार्यकारी संरक्षक तथा प्रमुख जिल्ला अधिकारी धु्रवबहादुर खड्का र प्रमुख संरक्षक तथा माननीय मुख्य न्यायाधीश श्री हरिनारायण यादवले कार्यकाल सफलताको शुभकामना दिएका थिए ।

बैठकमा नव वर्ष २०७८ को शुभकामना आदानप्रदान समेत गरिएको थियो । कर्मचारी मिलन केन्द्रले नव वर्षको अवसरमा प्रकाशन गर्ने माइबेनी स्मारिका र भित्तेपात्रोको लागि लेखरचना तथा विज्ञापन उपलब्ध गराई सहयोग गर्न समेत अनुरोध गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार