सन्दकपुर गोल्डकप प्रतियोगितामा देउमाई फुटबल क्लब बिजयी

  विविसी हाङखिम
0 Shares

सन्दकपुर : इलामको सन्दकपुर गाउँपालिका देउरालीमा सुरु भएको प्रथम सन्दकपुर गोल्डकपमा देउमाइ फुटबल क्लबले विजयी सुरुआत गरेको छ ।

बुधबारको उद्घाटन खेलमा देउराली स्पोर्टिङ क्लब ‘बी’ लाई ४-० गोलको फराकिलो अन्तरले पराजित गर्दै देउमाई वियजी भएको हो ।

‘म्यान अफ दी म्याच’ विजेता देउमाई फूटबल क्लबका रोहन कार्की घोषित भए । उनले नगद २ हजार पाएका छन् ।

प्रतियोगिता अन्तरगत विहीबार दुई खेल हुनेछ । पहिलो खेलमा नवज्योती खेल संघ र इलाम फूटबल क्लबबीच प्रतिष्पर्धा हुनेछ । दोस्रो खेलमा ११ वारियर कमल झापा र गोदक फुटबल क्लबबीच प्रतिस्पर्धा हुने आयोजक समितिका सूचना संयोजक श्यामकुमार राईले जानकारी दिए ।

आयोजक समितिका अध्यक्ष लिलबहादुर बुर्जा मगरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष उदयबहादुर राईले दिप प्रज्वलन गरी उद्घाटन गरेका छन् । कार्यक्रममा उपाध्यक्ष शोभा पराजुली र प्रमुख प्रशासकीय अधिकृत महेश राईलगायतको उपस्थिति थियो ।

प्रतियोगिताका विजेता टिमले नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ र उपविजेता टिमले नगद ५० हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

सातखाल्डे खेलमैदानमा जारी प्रतियोगिताको फाइनल नयाँ वर्षमा हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार