सन्दकपुर : इलामको सन्दकपुर गाउँपालिका वडा नम्बर-२ साबिकको माइमझुवा ५ र ७ को बिचमा पर्ने राते खोलामा झोलुङ्गे पुल निर्माण भएको छ ।
गुँरासे, कामिटार झोलोङ्गे पुल निर्माण आयोजनाको सुनगाभा क्लब र गाउँपालिकाको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको हो ।
६५ मिटर लम्बाई रहेको उक्त पुलको ४० लाख ६७ हजार ७ सय ७५ रुपैयाँको लागतमा निर्माण भएको हो ।
त्यस ठाउँमा पुल निर्माण भएपछि स्वास्थ्य जाँच गर्न परामर्श लिन बिरामीहरु स्वास्थ्य चौकी जान, स्थानीयहरु ओहोरदोहोर र घाँसपात तथा मेलापात गर्न सहज भएको स्थानीयहरु बताउँछन् ।
कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने बिद्यार्थीहरुलाइ विद्यालय जान आउन सहज भएको श्याम्बल माध्यमिकि विद्यालय कक्षा ८ मा अध्ययनरत रिजन राइले बताए ।
पुल नहुँदा बाँसको साँघु तरेर विद्यालय जानुपर्ने बाध्यता रहेको थियो । तर अब पुल बनेपछि त्यस्तो समस्या हटेको उनले भनाई छ ।
अघिल्लो वर्ष नै पुल निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भएको भएपनि कोरोना भाइरस (कोभिड-१९) का कारण निर्माण कार्य सम्पन्न गर्न ढिलाइ भएको आयोजना उपभोक्ता समितिका अध्यक्ष डिल्ली गुरुङले बताए ।