पाँचथर : जिल्ला सहकारी संघ पाँचथरले फिदिममा ६४ औं राष्ट्रिय सहकारी दिवस मनाएको छ ।
“मर्यादित व्यावसाय र प्रविधिमा सहकारी”भन्ने मुल नाराका साथमा कार्यक्रम सम्पन्न गरेको जिल्ला सहकारी संघका सहसचिव रामप्रसाद बाँस्कोटाले जानकारी दिए ।
राष्ट्रिय सहकारी बैंकका शाखा प्रमुख बुद्धराम बल तामाङको प्रमुख आतित्यमा फिदिम नगरपालिका सहकारी शाखाका प्रमुख सरस्वती शिवाकोटी,जिल्ला वचत संघका अध्यक्ष जीवन गिरी,कालिका कृषि सहकारी संस्थाका अध्यक्ष ज्ञाननाथ बाँस्कोटा,विश्वज्योती वचत तथा ऋण सहकारी संस्थाका लेखा समिति संयोजक हेमप्रकास सुवेदी,राष्ट्रसेवक सहकारी संस्थाका अध्यक्ष एवं जिल्ला संघका सदस्य खड्ग बोहोरा,कन्चनजंघा बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष चन्द्र काफ्ले लगायतका वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा सहकारीले कोपोमिस मार्फत सबै विवरण राख्नु पर्ने जानकारी गराइएको छ ।
उनीहरुले सहकारीद्वारा क्षमता विकास,गरिवीको जिविकोपार्जन, व्यवसाय विस्तार र बैदेशिक रोजगरी लगायतका विषयमा राहतको काम गरेको बताएका छन् ।
त्यस्तै,फाल्गुनन्द गाउँपालिकामा पनि उक्त दिवसका अवसरमा शुभकामना आदान-प्रदान सहित दिवस मनाइएको छ ।
गाउँपालिका स्तरीय सहकारी संजालको आयोजनामा संजालका अध्यक्ष पेम्बा शेर्पाको अध्यक्षतामा जडिबुटी सहकारी प्रदेश नम्बर १ का अध्यक्ष शंकरध्वज नेम्वाङ तथा वडा नम्बर १ का अध्यक्ष होमप्रसाद आङ्देम्बेको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको संजालका सचिव खोमनाथ आचार्यले जानकारी दिए ।
करिब ४० वटा सहकारी संस्थाहरु संचालनमा रहेको यस पालिकामा जिल्लाको पहिलो सहकारी संजाल गठन भएको हो । सहकारीका समस्या,आवश्यकता,उदेश्य तथा यसबाट सेवा प्रवाह गर्दै नागरिकको जिवन स्तरमा सुधार गर्नलाई संजालले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उदेश्यले गठन भएको बताइएको छ ।
सहकारीको माध्यमबाट नै विश्वका हरेक मुलुक आर्थिक उन्नतिमा फड्को मारेको उदाहरण दिंदै,अतिथिद्वय नेम्बाङ र आङेदेम्बेले कार्यक्रममा सम्बोधन गर्दै हाम्रो देश पनि यसको अनुसरणमा लागेको बताए ।
कार्यक्रमको समापनमा अध्यक्ष शेर्पाले संजालले सहकारीको हितमा काम गर्ने हुँदा हरेक क्रियाकलापमा सहकारीका प्रतिनिधिहरु उपस्थित भइ संस्थाको अवस्था बारे जानकारी गराउँदै निस्वार्थ भावना सहित एकजुट हुन सबैलाई आग्रह गरे । यस पालिकामा आगामी आर्थिक वर्षदेखि सहकारी डेस्क समेत संचालन गरिने कार्यालयले जनाएको छ ।
कार्यक्रममा जिल्ला सहकारी पाँचथरका प्रतिनिधि गोपाल घिमिरे,जनउद्घार संघका प्रतिनिधि गणेश लामिछाने,कुम्मायक जडिबुटी सहकारी यासोकका संरक्षक विपिन सम्बाहाम्फे तथा प्रतिनिधि गुनेन्द्र लिम्बू सम्बाहाम्फे,फुङ्बारी कृषि सहकारीका डिगम्भीर नेम्वाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
महिला बहुउद्देश्यीय सहकारीका अध्यक्ष दिलमाया चेम्जोङ र व्यवस्थापक सुजाता लावती,राँके बहुउद्देश्यीय सहकारीका सचिव चन्द्र अधिकारी,फाल्गुनन्द आयुर्वेद शाखा प्रमुख राजु पराजुली,पशुशाखा प्रमुख गोपाल प्रसाद घिमिरे,कृषि शाखा प्रमुख सृजना बयालकोटी,स्वास्थ्य शाखा कर्मचारी लक्ष्मी श्रेष्ठ,स्थानीय अगुवा कृषक भगिरथ चेम्जोङ तथा सरोकारवालाको उपस्थिति थियो ।