माधव नेपाल समूहले भोलि अभियान घोषणा गर्ने

माधव नेपाल समूहले भोलि अभियान घोषणा गर्ने

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नेपाल  समूहले समानान्तर रूपमा संगठन विस्तार र पार्टी सुदृढीकरण अभियान चलाउने भएको छ ।

शुक्रबार दिउँसो राजधानीमा बसेको बैठकले गत चैत ४ र ५ गतेको राष्ट्रिय भेलाबाट पारित भएको राजनीतिक प्रतिवेदनलाई कार्यकर्तामाझ लैजाने, संगठन विस्तार र सुदृढीकरण अभियानलाई अगाडि बढाउने निर्णय भएको नेता योगेश भट्टराईले जानकारी दिनुभयो ।

शनिबार बैठक बसेर अभियानबारे विस्तृत जानकारी र कार्यक्रम घोषणा गर्ने निर्णय बैठकले गरेको छ ।

त्यसैगरी आज बसेको बैठकले पार्टी उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाहीको विरोध गरेको छ ।

कारबाही पार्टीको नवौं महाधिवेशनबाट पारित विधान विपरित र पूर्वाग्रही भएको बैठकले निष्कर्ष निकालेको नेता भट्टराईले बताउनु भयो । उहाँले भन्नुभयो ‘यसले कमरेड केपी ओली एमालेलाई विभाजित गर्न उद्दत हुनुहुन्छ भन्ने पुष्टि हुन्छ । यसकोे निन्दा र भत्र्सना गर्छौं ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार नेताद्धय भुसाल र पाण्डेलाई पार्टी सदस्यबाट ६ महिना निलम्बन गर्ने निर्णय गर्नुभएको थियो । यसअघि नेता माधव कुमार नेपाल र भीम रावललाई पार्टी सदस्यबाट ६ महिना निलम्बित गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार