आदर्शका विद्यार्थीलाई वित्तीय साक्षरता सम्बन्धी जानकारी

इलाम : बैंकको वित्तीय साक्षरता कार्यक्रम अन्तर्गत इलाम सदरमुकाम स्थित आदर्श माविका विद्यार्थीलाई बित्तीय साक्षरता सम्बन्धी एकदिने अभिमुखिकरण कार्यक्रम सञ्चालन गरीएको छ ।

इलाम सदरमुकाममा रहेको युनाइटेड फाइनान्स बैंकले आदर्श माविमा कक्षा १२ मा अध्ययनरत व्यवस्थापन संकायका करिब ७० जना बिद्यार्थीलाई अभिमुखिकरण दिइएको हो ।

बैंक खाता किन खोल्ने, बैंकमा खाता खोलेपछि के के सेवा सुबिधा पाउन सकिन्छ, बैंक के हो ?, बैंकले निक्षेप स्वीकार गर्ने र कर्जा प्रबाह कसरी गर्छ, बैंक किन आवश्यक छ, जोखिम न्यूनिकरण कसरी गर्न सकिन्छ, ग्राहकले गर्न नहुने कामहरु के के हुन् लगायतका बिषयमा जानकारी गराइएको थियो ।

उक्त बारेमा बैंकका शाखा प्रबन्धक गोविन्द केशरी पोख्रेल, बैंकका कर्जा प्रमुख असिम पोख्रेल सहित मदन घिमिरेले सहजीकरण गरेका थिए । युनाइटेड फाइनान्सले बिभिन्न सामाजिक क्षेत्रमा समेत काम गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार