पछिल्लो २४ घण्टामा देशभर थप १६२ जनामा कोरोना संक्रमण पुष्टि

  नयाँ बुलन्द
7 Shares

देशभर थप १६२ जनामा कोरोना संक्रमण, ५९ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  पछिल्लो २४ घण्टामा तीन हजार ९१९ जनाको पिसिआर परीक्षणमा भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोनाका कुल सङ्क्रमित संख्या दुई लाख ७७ हजार ३०९ पुगेको छ । पछिल्लो २४ घण्टामा ५९ जना कोरोना सक्रमित संक्रमणमुक्त  भएका छन् । हालसम्म नेपालमा कोरोनाबाट मुक्त हुनेको संख्या दुई लाख ७२ हजार ७८६ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल एक हजार ४९३ जना सक्रिय संक्रमित रहेका छन् । ५९ जना हाल क्वारेन्टिनमा छन् ।

पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।  हालसम्म कोरोनाबाट नेपालमा तीन हजार ३० जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार