किराँत याक्थुङ चुम्लुङ पाँचथरको अध्यक्षमा आङदेम्बे

  नयाँ बुलन्द
0 Shares

 

इलाम : लिम्वू आदिवासिहरुको सर्वाेच्च सामाजिक संस्था किरात याक्थुङ चुम्लुङ पाँचथरको अध्यक्षमा महेन्द्र कुमार आङ्देम्बे चयन भएका छन् ।

चुम्लुङ पाँचथरको आठौं जिल्ला अधिवेशनले आङ्देम्बेको अध्यक्षतामा जिल्ला कार्यसमिति निर्वाचित गरेको हो ।
४ दिनसम्म फिदिममा चलेको अधिवेशनको बन्द सत्रले समितिको उपाध्यक्षमा सुरेन शिशिर केरुङ ,सचिवमा सुबास तुम्बापो, सहसचिवमा पदम मेन्योङबा र कोषाध्यक्षमा सीमा तुम्बापो सर्वसम्मतले निर्वाचित भएका हुन् ।

यस्तै ,सदस्यहरुमा सन्देश सुब्बा, उपेन्द्र येक्तेन,टिकामाया नेम्बाङ, कमल हाङ्सरुम्बा, जितेन चेम्जोङ, मनकुमार आङ्देम्बे, रोशन लावती,घनेन्द्रकुमार शेर्मा ,नरेश काम्बाङ, गर्जमान नेम्बाङ,गणेश तुम्रोक,इन्दिरा मेयोङ्हाङ,सम्झना योङ्हाङ,निर्मला आङ्थुपो,मोतिहाङ केरुङ,सम्झना थोक्लिहाङ रहेका छन् ।
अधिबेशनले जिल्ला परिषद सदस्यहरुमा नारायणप्रसाद नेम्बाङ,पूर्ण जबेगु,कुमार यवा मौसम,सुर्यकला कन्दङ्वा,सुक्मिता केरुङ,टिकाध्वज आङ्देम्बे र प्रतिमा आङ्देम्बे तथा चुम्लुङ राष्ट्रिय सदस्यहरुमा नरेन्द्रराज केरुङ ,रघुबीर नेम्बाङ र सागर केरुङ चुनिएका छन् ।

‘लिम्बुवान स्वायत्तता, हाम्रो प्रतिबद्धता ’ भन्ने मूल नाराका साथ सम्पन्न अधिबेशनमा चुम्लुङको पाँचथर जिल्ला स्थित गाँउ ,नगर शाखाको उल्लेखीय प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।इगलबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार