एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको जिल्लास्तरीय भेला सकियो

  नयाँ बुलन्द  230 पटक हेरिएको

इलाम : नेकपा (एमाले) इलाम जिल्ला कमिटीको आयोजनामा आज जनप्रतिनिधिहरुको जिल्लास्तरीय भेला सोमबार इलाममा सम्पन्न भएको छ ।

एमाले इलाम जिल्ला कमिटी अध्यक्ष रामबहादुर मगरको अध्यक्षतामा भएको कार्यक्रममा एमालेको तर्फबाट निर्वाचित प्रदेश सांसद, जिसप्रमुख, उपप्रमुख र सदस्यहरु एवं नपाका प्रमुख, उपप्रमुखहरु तथा गापाका अध्यक्ष, उपाध्यक्षहरु, पार्टी नगर/गाउँ कमिटीका अध्यक्ष, सचिवहरु वडा अध्यक्षहरु साथै कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेकपा (एमाले) इलामका सचिवालय सदस्य एवं वरिष्ठ अधिवक्ता जसबहादुर लुङ्गेली मगरले “राजनीतिक दल सम्बन्धि संवैधानिक र कानुनी प्रावधान” बिषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

भेलाबाट विभिन्न महत्त्वपूर्ण बिषयहरु समेटिएको ४ बुँदे विशेष प्रस्तावहरु पारित भएको छ । कार्यक्रममा एमाले इलामका सचिव एवम् इलाम नपाका प्रमुख महेश बस्नेत र जिल्ला समन्वय समिति प्रमुख एवम् पार्टी जिल्ला सचिवालय सदस्य गणेशप्रसाद बरालले बोलेका थिए भने सञ्चालन जिल्ला सचिवालय सदस्य एवम् कार्यालय सचिव नवराज शंकरले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार