वायु प्रदूषण : भोलिदेखि चार दिनका लागि विद्यालय बन्द

  नयाँ बुलन्द
0 Shares

 

इलाम : शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्रालयले भोलि (मंगलबार)देखि देशभरका सबै शिक्षण संस्था चार दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।
देशभर अत्याधिक प्रदूषण बढेपछि मन्त्रालयले स्वास्थ्य सुरक्षामा मध्यनजर गर्दै चार दिनका लागि विद्यालय बन्द गर्ने तयारी गरेको हो ।

नेपाल तथा भारतका केही स्थानमा लागेको डढेलोको कारण प्रदूषणका कारण चैतमा पनि तुवाँलोले ढाकिएको र कण वायुमण्डलमा नै जम्मा भएकाले मौसम सफा हुन केही समय लाग्ने मौसम विद्हरुले बताएका छन् ।

चिकित्सहरुका अनुसार हाल देखिएको प्रदूषण मानव स्वास्थ्यका लागि घातक रहेको छ । घातक मौसमले आँखा, नाक पोल्ने, घाँटी दुख्ने समस्या देखिएको चिकित्सकले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार