इलाम : इलामको देउमाई नगरपालिकाको पानीटारमा आयोजित कफी खेती सम्बन्धी सरोकारवालाहरुबीचको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार भएको उक्त अन्तरक्रियामा इलामका स्थानिय तहका पालिका प्रमुख, उपप्रमुख, प्रतिनिधिहरु र कृषि सहकारी, कफी कृषकहरु माझ छलफल भएको हो ।
संघीय सरकारको मातहतमा देशभरी अभियानमा रहेको जनाउँदै राष्ट्रिय चिया तथा कफी बिकास वोर्डका डाइरेक्टर बिष्णु प्रसाद भट्टराइले उक्त अन्तरक्रिया सरोकारवाला माझ गराएककाे बताएका हुन् ।
भट्टराइले कफी खेती बिस्तार र विकासका लागि समस्या पहिचान गरी केन्द्रिय बजेट र्तजुमा गर्न लागेको जनाउँदै र्निधक्क भएर किसान र विषयगत सहकारीहरु साथै सरोकारवालाहरुलाई भनाइ राख्न आग्रह गरेका थिए ।
प्रदेश १ का कृषि मन्त्री राम रानाको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा किसानहरुले कफी उत्पादनको चुनौति र विकास, बजार बिस्तारको गुनासा र सुझाव राखेका थिए । कार्यक्रममा स्थानिय राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु सहित कफी कृषकहरुको प्रतिनिधिमुलक सहभागिता सहभागिता रहेको थियो ।