इलाम : इलामको रोङ गाउँपालिकामा किरात याक्थुङ चुम्लुङको गाउँ शाखा विस्तार भएको छ ।
शनिबार भएको एक भेलाले राजन लिम्बू (जसबहादुर) को अध्यक्षतामा ९ सदस्यीय गाउँ तदर्थ समिति गठन भएको हो ।
समितिको उपाध्यक्षमा डिबी लिङदम, सचिवमा राम लिम्बू, सहसचिवमा धिरेन लिम्बू र कोषाध्यक्षमा जयबहादुर यक्पाङदेन चउन भएका छन् ।
सदस्यहरुमा सीता यक्पाङदेन, मनिता लिम्बू, राजु येक्तेन (राजकुमार) र सन्त लिम्बू संघक चयन भएका छन् ।
किरात याक्थुङ चुम्लुङ इलामका सचिव राम योङहाङको अध्यक्षतामा भएको भेलामा केन्द्रीय सदस्य अभिषेक येक्तेन र नेपाल आदिवासी जनजाति महासंघ गाउँ समन्वय परिषद रोङका अध्यक्ष रन्जित राईको उपस्थिति थियो ।