काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ७ सय ५० जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अनुसार विगत २४ घण्टामा २ हजार ७ सय ४५ जनाको पिसिआर परीक्षण भएको थियो । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २२ लाख ५९ हजार ४५ पुगेको छ।
पछिल्लो २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन। नेपालमा कुल संक्रमित मृतकको संख्या ३ हजार २७ पुगेको छ।
पछिल्लो २४ घण्टामा ९३ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७२ हजार ४ सय ३५ जना पुगेको मन्त्रालयले जनाएको छ।