नेपाल र रावलको स्पष्टीकरण कारबाहीयोग्य छ : ओली


नेपाल र रावलको स्पष्टीकरण कारबाहीयोग्य छ : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुन २८ गतेको केन्द्रीय समिति वैठकबाट गरिएका निर्णयहरु बदर गर्न नसकिने बताउनुभएको छ ।

बालुवाटारमा शुक्रबार एमालेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले विधिसम्मत निर्णय भएकाले फागुन २८ तथा चैत ५ र ७ गतेको बैठकका निर्णयहरुबाट ब्याक हुन नसकिने बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले असन्तुष्ट पक्षका नेताहरुको आग्रहलाई आफूले गम्भिरताका साथ लिएको भन्दै दलको विधान संसोधनलाई केन्द्रीय कमिटिले अनुमोदन गरिसकेको अवस्थामा अहिले नै हेरफेर गर्न नसकिने भन्दै आवश्यक परे कालान्तरमा फेरि संसोधन गरेर जान सकिने बताउनु भएको जानकारी प्रमुख सचेतक भट्टाराइले जानकारी दिनुभयो ।

ओलीले नेता नेपाल र भीम रावलले पार्टीमा स्पष्टिकरण बुझाए पनि उनीहरुको स्पष्टीकरण नकारात्मक रहेको भन्दै उनीहरु दुई जना कारबाहीको भागिदार हुने बताउनु भएको जनाइएको छ ।

सर्वोच्चको आदेशबाट नेकपा एमाले ब्युँतिएपछि पहिलो पटक संसदीय दलको बैठकमा सहभागी भएका असन्तुष्ट पक्षका सांसदहरुले भने पार्टीलाई एक ढिक्का राख्न माओवादीसंग एकता अघिको अवस्थामा पार्टी फर्किनु पर्ने माग गरेका थिए ।

असन्तुष्ट पक्षका नेताद्वय माधवकुमार नेपाल र भीम रावल सहभागी वैठकमा नगए पनि झलनाथ खनाल, घनश्याम भुसाल, योगेश भट्टराइसहित अन्य सांसदहरु वैठकमा गएका थिए ।

बैठकमा संसदको हिउँदे अधिवेशन अब चाँडै नै अन्त्य हुने र बैशाखबाट बर्खे अधिवेशन शुरु हुने जानकारी पनि सांसदहरुलाई गराइएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार