सन्दकपुर गाउँपालिकामा १३ औं रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

  विविसी हाङखिम  181 पटक हेरिएको

सन्दकपुर : इलामको सन्दकपुर गाउँपालिका वडा नम्बर २ माइमझुवास्थित श्याम्बल माध्यमिक विद्यालयमा १३ औं रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा सन्दकपुर गाउँपालिका भरिका ७ वटा माविहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा सट्पुट, हाइजम्प,  लङ्जम्प, भलिबल क्रमश : १ सय, २ सय, ३ सय, ४ सय, ८ सय, १५ सय, ३ हजार मिटर दौड, ज्याभलिङ थ्रो, ट्रीपलजम्प, रिले १ सय मिटर र ४ सय मिटर दौड संचालन गरिएको थियो ।

प्रतियोगितामा आदरणीय मावि छाँगेले ११ वटा गोल्ड मेडल प्राप्त गर्दै पहिलो स्थान जित्न सफल भएको छ । त्यस्तै ९ वटा गोल्डमेडल जित्दै माइपोखरी सस्कृत मावि दोस्रो र श्याम्बल मावि माइमाझुवाले ४ वटा गोल्डमेडल हासिल गर्दै तेस्रो स्थान र ३ वटा गोल्ड मेडल जित्दै  सरस्वती मावि सुलुबुङ चौथो भएको छ ।

माइपोखरी एकाडेमीले भने एउटा मात्र गोल्ड्मेडल जित्न सफल भएको छ । प्रबोध मावि माबु र भगवती मावि जमुनाले कुनै मेडलहरु प्राप्त गर्न सकेनन् ।

प्रथम स्थान हासिल गर्न सफल आदरणीय माविलाई सन्दकपुर गाउँपालिकाकी उपाध्यक्ष शोभा पराजुलीले शिल्ड, नगद ७ हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिन् ।

दोश्रो संस्कृत माविलाई नगद ५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र, तेस्रो हुने श्याम्बल माविलाई नगद ३ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

खेलकुद प्रतियोगिता चैत्र ८ गतेदेखि शुरु भएको थियो । प्रतियोगिता श्याम्बल माबिको आयोजनामा सम्पन्न भएको हो

प्रतियोगिता सम्पन्न गर्नका लागि सन्दकपुर गाउँपालिकाको कार्यलयले नगद १ लाख रुपैयाँ रकम उपलब्ध गराएको आयोजक श्याम्बल माबिका प्रधानाध्यापक हिमाल न्यौपानेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार