त्रिदेशीय फुटबल प्रतियाेगितामा बङ्गलादेशसँग हार्‍याे किर्गिस्तानकाे यू–२३ टाेली

काठमाडौं : बङ्गलादेशले त्रिदेशीय फुटबल प्रतियोगितामा किर्गिस्तानको यू–२३ टोलीलाई पराजित गरेको छ । त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा मङ्गलवार भएको खेलमा बङ्गलादेशले किर्गिस्तानलाई एक–शून्यले  पराजित गरेकाे हाे ।

किर्गिस्तानको उमेर समूहको टोलीलाई सुरुवातबाट नै दबाब दिएर खेलेको बङ्गलादेशले अग्रता भने ३० औँ मिनेटमा पाएको थियो । ३० औँ मिनेटमा किर्गिस्तानका लागि कुमारवज उलु बैमानले बल
क्लियर गर्ने क्रममा आफ्नै पोस्टमा गोल भएपछि बङ्गलादेशले अग्रता पाएको थियो । बङ्गलादेशको जितका लागि त्यही उपहार गोल नै निर्णायक बनेको हो । बङ्गलादेशका रक्षक मोहमद साद उडिनको क्रस बललाई क्लियर गर्ने क्रममा उलु बैमानको बलले जाली चुमेको थियो ।

सुखद सुरुवात गरेको बङ्गलादेशले फाइनल प्रवेशलाई बलियो सम्भावना बनाएको छ । अब बङ्गलादेशले अर्को खेलमा घरेलु टोली नेपालसँग प्रतिस्पर्धा गर्नेछ । पराजित किर्गिस्तानले बिहीवार नेपालसँग खेल्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार