इलाम : इलामको सन्दकपुर गाउँपालिका ५ जमुनामा निर्माणाधिन गजाधर धनमाया रंगशालाका लागि समासेवी चेतप्रसाद भट्टराई र छविरमण भट्टराईले ५ रोपनी जग्गा प्रदान गरेका छन् ।
मैदानको पश्चिम दक्षिण क्षेत्रको जग्गा उहाँहरुले निशुल्क प्रदान गरका हुन् । गाउँपालिकाका अध्यक्ष उदय राई, वडाध्यक्ष जितवहादुर साँवासहितको उपस्थितीमा भट्टराई वन्धुले जग्गा प्रदान गरेका हुन् ।
यसअघि २४ रोपनी क्षेत्रमा रंगाशाला निर्माण थालिएको थियो । उक्त जग्गामध्ये समाजसेवी तथा राजनीतिकर्मी तोयनाथ भट्टराईले १४ रोपनी जग्गा निशुल्क प्रदान गरेका हुन् । क्षेत्रफलको हिसावले जिल्लाकै ठूलो ढापापोखरी नजिकै रहेको यो खेल मैदानले यस क्षेत्रको खेलकूद र पर्यटन विकासमासमेत साघाउने स्थानीयको अपेक्षा छ ।
यसैबीच भर्खरै निर्माण गरिएको खोरवारीवाट वडा कार्यालय जोड्ने सडकको नाम पनि जग्गा दाता दाजुभाईका पितामाताको नाममा चित्रादेवी मार्ग राख्ने निर्णय भएको सडक निर्माण समितिका अध्यक्ष मोहनप्रसाद भट्टराईले जानकारी दिए ।