‘नेम्बाङ समाज युके’का अध्यक्ष सन्तवीरद्वारा विरामीलाई एक लाख रुपैयाँ बढी सहयोग

  युद्धबहादुर बोहोरा  445 पटक हेरिएको

 

इलाम : नेम्बाङ समाज युकेका अध्यक्ष सन्तवीर नेम्बाङले दमकका एक दम्पती बिरामीलाई एक लाख १७ हजार नौ सय ७५ रूपैयाँ सहयोग गरेका छन् ।

दमक नगरपालिका -३,दुम्से निवासी होमकर्ण नेम्बाङ र अाईतमाया नेम्बाङ विगत चार बर्षदेखि तीन महिनाको अन्तरमा दुबै जना प्यारालाइसिसले थलिएर बसेका छन् ।

उनीहरुको उपचारमा सहयोग पुर्‍याउने उदेश्यले युके समाजका अध्यक्ष नेम्वाङ र उनको श्रीमती सकुन्तला यक्पाङदेन नेम्बाङले व्यक्तिगत रकम पीडित परिवारको घरमा पुगि उनीहरुलाई हस्तान्तरण गरिएको ‘पेभाकुम नेम्बाङ समाज’झापाका सचिव नन्दहाङ नेम्बाङले जानकारी दिए ।

रकम हस्तान्तरमा उक्त समाज झापाका सल्लाहकार वीरदल नेम्बाङ,अध्यक्ष चन्द्रवीर नेम्बाङ,कोषाध्यक्ष डम्बर नेम्बाङ ,संचार प्रवक्ता नेत्र नेम्बाङ समेतको सहभागीता थियो ।

यसैबीच, केहि समय अधि मृत्यु भएका दमक नगरपालिका-६, गुराँसटोल निवासी स्वर्गीय खड्गध्वज नेम्बाङको परिवारलाई नेम्बाङ समाज युकेले संकलन गरेको एक लाख १८ हजार रूपैयाँ मृतकको श्रीमती धनमाया नेम्बाङलाई युकेसमाजका अध्यक्ष सन्तवीर नेम्बाङ र पेभाकुम समाज झापाका सल्लाहकार वीरदलले संयुक्तरूपमा हस्तान्तरण गरेका छन् ।

यस समाजले विपन्न र निम्न आर्थिक अवस्था भएका परिवार बिरामी परेका मानिसहरूको उपचार खर्चमा आर्थिक सहयोग गर्दै आएको सचिव नेम्बाङले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार