काठमाडौं : हवाई इन्धनको मूल्य बृद्धिसँगै हवाई भाडा पनि बढेको छ । नेपाल आयल निगलमे गत मंगलबारदेखि लागू हुनेगरी हवाई इन्धनमा प्रति लिटर २ रुपैयाँ भाउ बढाएसंगै वायु सेवा सञ्चालक संघले स्वचालित प्रणाली अनुसार सोही अनुपातमा शनिबार देखि लागू हुने गरी मूल्य बृद्धि गरेको जनाएको छ ।
संघले आन्तरिक उडान अन्तर्गत् १ सय २ रुटमा न्यूनतम ५ रुपैयाँ देखि अधिकतम ९० रुपैयाँसम्म भाडा बृद्धि गरेको जनाएको छ ।