माङखिममा अज्ञात समुहले तोडफोड

इलाम : इलामकाे देउमाई नगरपालिकास्थित चमैताको खम्बुडाँडामा रहेको किरात राईको माङखिम (मन्दिर)मा अज्ञात समुहले तोडफोड गरेका छन् । तोडफोडका क्रममा मन्दिरभित्र रहेका वहुमूल्य सामग्रीको तोडफोड भएका छन् भने मन्दिरभित्र र बाहिर विभिन्न अश्लिल चित्र बनाइएको छ । गत फाल्गुन  २५ गते तोडफोड भएपनि सम्बन्धित कार्यालयबाट समेत चासोका साथ नहेरिएको किरात राई यायोक्खाका केन्द्रीय सचिव कृष्ण राईले जानकारी दिए।
 राईका अनुसार घटनालगत्तै प्रहरीमा जाहेरी दर्ता गराएपनि हालसम्म घटनाका बारेमा जानकारी नपाउनु दुःखद रहेको बताए । “गाउँमा घटेको घटना हो । सुरक्षा निकायले चासोका साथ हेरेको भए पत्ता लाग्थ्यो ।” राईले भने,“अहिले हामी धार्मिक सहिष्णुता भएको देशमा छौ । सबैको संस्कृतिको रक्षा हुनु पर्ने हो ।”
यस घटनाले धार्मिक सहिष्णुता विगार्ने काम गरेको यायोक्खाको आरोप छ । योभन्दा पहिले पनि विभिन्न रूपमा मन्दिरमा आक्रमण हुँदै आएको यायोक्खाका जिल्ला कोषाध्यक्ष रोशन राईले जानकारी दिए । घटनाको सत्यतथ्य छानविनका लागि चैत ७ गते घटनास्थलमा खबरदारी कार्यक्रम गर्ने यायोक्खाले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार