लाेकसेवा आयाेगकाे पन्ध्र दिने निशुल्क कक्षा सुरु

  नयाँ बुलन्द  303 पटक हेरिएको

इलाम : इलाममा लाेक सेवा आयाेगकाे १५ दिने निशुल्क कक्षा सुरु भएकाे छ । आज शुक्रबार सुरु भएकाे कार्यक्रमकाे आयाेजना लिम्बू विद्यार्थी मञ्च इलामले गरेकाे हाे । आज चैत्र ६ गते मञ्चकाे २३ ‍औँ स्थापना दिवशकाे अवसर पारेर तयारी कक्षाकाे उद्घाटन गरिएकाे छ ।

तयारी कक्षाकाे उद्घाटन मञ्चका केन्द्रिय उपाध्यक्ष रामकुमार लिम्बूले मैनबत्ति बालेर गरेका छन् ।  चैत्र २१ गतेसम्म सञ्चालन हुने तयारी कक्षालाई पहिलाे चरण रुपमा अगाडी सारिएकाे छ । पहिलाे चरणकाे तयारी कक्षामा आईक्यू र जि.के.  अथवा पहिलाे पत्रकाे काेर्षलाई प्राथमिकतामा राखिएकाे छ ।

तयारी कक्षालाई विभिन्न कार्यालयमा कार्यरत निजामति कर्मचारीहरुले सहजिकरण गर्नेछन् । तयारी कक्षामा लिम्बू तथा गैर लिम्बू विद्यार्थीहरुकाे सक्रिय सहभागि रहेकाे छ ।

आज भएकाे उद्घाटन समाराेहमा प्रमुख अतिथि लिङदम सहित किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष याम प्रसाद लिम्बू, कियाचु इलाम जिल्ला अध्यक्ष गायत्री थेगिम लगायतले शुभकामना मन्तव्य राखेका थिए । आज पहिलाे दिनकाे तयारी कक्षामा विराटनगर उच्च अदालत इलाम इजलासका दिलकुमार लिम्बूले सहजिकरण गरेका छन् ।

कार्यक्रममा जिल्ला बनस्पति कार्यालय इलामका लेखापान प्रेम सुब्बा, विराटनगर उच्च अदालत इलाम इजलासका  नायब सुब्बा दिलकुमार लिम्बू, जिल्ला निर्वाचन कार्यालय इलामका नायब सुब्बा कृष्ण सुब्बा र मालपाेत कार्यालय इलामका लेखापाल मनाेज याेङहाङकाे उपस्थिति रहेकाे थयाे ।

तयारी कक्षलाई विशेष सहयाेगकाे रुपमा कमल नेम्बाङले  गरेका छन् । नेम्बाङ नेपाली युवाहरुकाे वैदेशिक राेजगारीकाे गन्तव्य दक्षिण काेरियाबाट स्वदेश फर्केका हुन् । उनी अध्ययन सँगै विभिन्न संघसंस्थामा सक्रिय छन् ।

लिम्बू विद्यार्थी मञ्च जिल्ला कार्यसमित इलामका अध्यक्ष अतित याेङहाङकाे अध्यक्षता र संगठन विभाग प्रमुख राजेन्द्र फागाेकाे सञ्चालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएकाे छ । तयारी कक्षामा सहभागि भई लाभ लिन विद्यार्थीहरुलाई आयाेजकले अनुराेध गरेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार