शाकाहारी गाउँमा खानेपानी र पहिरोको समस्या

  नयाँ बुलन्द
14 Shares

गाउँनै शाकाहारी

इलाम : सुन्दा अचम्म लाग्छ । एउटा सिंगो गाउँ शाकाहारी छ । मदिरा पनि चल्दैन । उत्पादन र बेचबिखन त टाढैको कुरा भयो । मठमन्दिर र धार्मिक स्थलमा बली चढाउने र घरहरुमा मासु नखाने मान्छे कमै मात्र पाउन सकिन्छ । तर पशुपध र पशुबली बिना पनि धर्म भएको र गाउँ समाज चलेको उदाहरण सबैका लागि अनौठो हुन सक्छ ।

घरैपिच्छे तीनवटा बाँसका लिङ्गामा राता र सेता रङ्गका ध्वाजा राखिएको, साथमा सूर्य अङ्कित अर्को ध्वजा पनि छ । पहिलो पटक त्यहाँ पुग्ने जो कोहीलाई अनौठो लाग्छ । तर, यो कुनै पार्टी वा संघ संगठनको झण्डा भने पक्कै होईन । पूर्वी नेपालको इलाम जिल्लास्थित माङसेबुङ गाउँपालिकापर्ने लारुम्बा गाउँको चिनारी हो यो । किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको कर्मथलो हो, माङ्सेबुङ । जसलाई लारुम्बा पनि भनिन्छ । धर्मगुरु लिङ्देनका सबै अनुयायी शाकाहारी छन्, जसले माछामासु मात्रै होइन, जाँडरक्सी र सुर्तीचुरोट पनि सेवन गर्दैनन् । किराँतहरुको धार्मिक स्थल माङसेबुङका करिब १५ सय बढी घरमा यस्तै ध्वजा राखिएको छ । केही बर्ष अघि मासु मङ्स, जाँड, रक्सी निषेध गरी शाकाहारी गाउँ घोषणा गरिएको थियो जहाँ बाहिरबाट जाने मान्छेलाई पनि कुनै किसिमका मदिराजन्य पदार्थ तथा सुर्ती, चुरोट समेत सेवन गर्न निषेधित गरिएको स्थानीयहरुको भनाई छ ।

किरात लिम्बू भाषाअनुसार माङ भनेको देवता र सेबुङ्ग भनेको छानेको ठाउँ अर्थात देवता (इश्वर) ले छानेको ठाउँ भएको विश्वास सहित माङसेबुङ करिब दुइ दशक अघि नै लारुम्बाबाट माङसेबुङमा रुपान्तर भएको बताइन्छ ।  तर त्यस क्षेत्रमा रहेका स्थानिय भने खानेपानी र पहिरोको समस्या रहेको बताउछन् । गाँउपालिकाले खापानीको लागि पहल गरिरहेको भएपनि कठिन भुगोलका कारण स्थानियको समस्या सहज रुपमा समाधान नहुँदा असहज भइरहेको स्थानिय सुरेस लावती बताउनुहुन्छ । लावतीका अनुसार समस्या चाडो समाधान भए यहाँ बाट बसाईसरेर अन्यत्र जानुपर्ने अबस्था अन्तय हुने उनको भनाई छ ।

बिषेश गरी लिम्बू समदायको बसोबास रहेको सो स्थानमा रहेका होटेलमा मासुका परिकार पाइँदैन । पसलहरूमा मादक पदार्थ पाइँदैन । यस क्षेत्रमा जताततै फोहोर गर्न, सुगुँर, कुखुरा पाल्न र मदिरा उत्पादन गर्न पनि गाउँबासीलाई प्रतिबन्ध नै लगाईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार