पाँचथर : फिदिम नगरपालिका-७ रानिटारमा बालक्लबका पदाधिकारीहरु तथा संरक्षक शिक्षकहरुलाई आधारभूत तालिम गराइएको छ ।
नगरपालिकाको आर्थिक सहयोग तथा सामुदायिक सिकाइ केन्द्रको आयोजनामा संचालित तालिम सम्पन्न भएसंगै निश्चल अधिकारीको अध्यक्षतामा ११ सदस्यीय वडा स्तरीय बालक्बल संजाल गठन गरिएको छ ।
समितीको उपाध्यक्ष,सचिव,सहसचिव र कोषाध्यक्षमा क्रमश: सुदिप शंकर,न्युमन बाँस्कोटा,अस्मि साँवा र झरना तामाङ रहेका छन् ।
समापनमा वडाका छ वटा विद्यालयमा अध्ययनरत १५ जना विपन्न वालबालिकाहरुलाई प्रमुख अतिथि वडाअध्यक्ष गोपाल गुरुङ,अतिथि वडा सदस्यहरु गणेश तामाङ र उपेन्द्र बाँस्कोटाले पोशाक वितरण गरिएको स्थानीय पत्रकार राम प्रसाद बाँस्कोटाले जानकारी दिए।
सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष सूर्य अधिकारी र कोषाध्यक्ष रामप्रसाद बाँस्कोटाले सहजीकरण गरेको कार्यक्रममा वडा भित्रका छ वटा सामुदायिक विद्यालयका बालक्लबका अध्यक्ष र सचिव एवं संरक्षक शिक्षक गरि जम्मा १८ जनाको सहभागीता रहेको थियो ।
संस्थाका अध्यक्ष अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रम कोषाध्यक्ष बाँस्कोटाले स्वागत मन्तव्यका साथ कार्यक्रमको औचित्य प्रकाश पारेका थिए भने सचिव गुरु प्रसाद बाँस्कोटाले संचालन गरेका थिए ।
यसैबीच, साहित्यकार बाँस्कोटा धनन्जयले लेख्नु भएको कथा संग्रह चित्रगुप्तको ल्यापटप सिकाइ केन्द्र र रानिटार माद्यामिक विद्यालयलाई उनका पारिवारिक सदस्य रामप्रसाद बाँस्कोटाले हस्तान्तरण गरेका थिए ।