हिन्दु जागरण नेपालको इलाम नगर समिति गठन

  नयाँ बुलन्द
0 Shares

इलाम : इलाममा हिन्दु जागरण नेपाल नगर समिति गठन  भएको छ । जिल्ला अध्यक्ष  बिष्णु प्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा इलाम नगर समिति गठन भएको हो ।

कार्यक्रमले राजेन्द्र चौहानको अध्यक्षतामा १३ सदस्य रहने गरि समिती गठन गरेको छ । जस्मा उपाध्यक्षमा  हरिप्रसाद नेपाल, सचिवमा कोषराज लम्साल , सहसचिव पुस्प गुरागाई, कोषाध्यक्षमा टिका ढकाल र सहकोषाध्यक्षमा रुद्र प्रसाद नेपाल चयन भएका छन ।

हिन्दुजागरण नेपालको नगर संगठन विस्तार कार्यक्रम अन्तर्गत सोमबार भएको भेला बाट नगर समिति सदस्यहरुमा रचना रसाइली , देशन्तर राई, तुलसा बुढाथोकी ,लक्ष्मी चौहान,दिनेश लम्साल , गणेश कार्की र बाशुदेब अधिकारी चयन भएका छन ।

सचिव कल्पना भट्टराईले संचालन गरेको कार्यक्रममा इलाम नगरपालिकाका १२ वटै वडाका सयौको संख्यामा नागरिकहरुको उपस्थिति रहेको जिल्ला उपाध्यक्ष दिपेश अधिकारीले नयाँ बुलन्दलाई जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार