भोजपुर : भोजपुर नगरपालिका वडा नं ७ अर्थात भोजपुर सदरमुकाममा ६५ दिने निःशुल्क सिपमुलक ब्युटिसीयन र टेलरिङ तालीम सुरु भएको छ । नेपाल सरकार उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालय ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) को प्रायोजन, हेल्भेटास नेपालको प्राविधिक सहयोग र मल्टि स्कील एण्ड इन्भारोमेन्ट डेभलपमेन्ट प्राली संस्था मार्फत निःशुल्क ६५ दिने तह–१ को टेलरीङ र ब्युटिसियन तालीम आजबाट सुरु भएको हो ।
तालिम उद्घाटन कार्यक्रमका अध्यक्ष एंव मल्टि स्कीलका कार्यक्रम संयोजक विकास खनालले ६५ दिने तालीम पश्चात सहभागीहरुलाई सिटिइभिटिबाट सिप परिक्षण गराई रोजगारीमा सहजीकरण गरीने बताए । कार्यक्रमका प्रमुख अतिथि भोजपुर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष जय ब तामाङले कुनैपनी सिप सिकेमा स्वरोजगार बन्ने साथै देश तथा विदेशमा काम गर्न जादा आफुले सिकेको काम गर्न सहज हुने उल्लेख गर्दै सीप सिकेका उनीहरुले व्यवसाय सञ्चालन गर्न चाहेमा वडाले पनी सहयोग गर्ने बताए ।
त्यस्तै उद्योग बाणिज्य संघका अध्यक्ष धुव्र श्रेष्ठले महिला शसक्तिकरणका लागी यस्ता सिपमुल्क तालीम प्रभावकारी भएको जनाए । यता, घमचन्द्र दाहालले भने ‘सिप सिकेपछि बेरोजगार बन्न नपर्ने उल्लेख गरेका छन् ।’
ब्याटिसियन तालीमको प्रमुख प्रशिक्षक राधादेवी राई (बोजुश्री) र टेलरीङ तालीमको प्रमुख प्रशिक्षक फुलमाया लिम्बु रहेको मल्टि स्कुलका कार्यक्रम संयोजक विकास खनालले बताए ।
ब्युटिसिय र टेलरिङ तालीममा भोजपुर नगरपालिका भरीका २०/२० जना महिलाहरुको सहभागीता रहेको छ ।