इलाम : इलामको आकाशबाट हिम श्रृखलाको दृश्य अबलोकन गर्दै राजधानी सम्म पुग्ने आशमा रहेका इलामेलीको हवाईजहाज चड्ने सपना अब भने पुरा हुने देखिएको छ । निर्माणाधिन फाल्गुन्नद सुकिलुम्बा विमानस्थलको धावनमार्गमा कालोपत्रे गर्ने काम पुरा भए सगै इलामे जनताको सपना पुरा हुने भएको हो । गत २०७५ सालको जेठ महिनामा तारा एयरको बिमान इलामको आकाशमा फन्को मार्दै सफल अवतरण हु“दा इलामबासीमा खुशीको सीमा रहेन । तारा एयरको ढल् – ब्भ्त् विमानले पहिलो पटक इलाममा पाइला टेक्दा त्यतिबेला नै अब चा“डै आकासमा उडेर राजधानी पुग्न पाइने विश्वास स्थानीयले राखेका थिए भने अहिले विमानस्थलको काम सकिन लाग्दै गर्दा इलाम बासीमा खुसीको सिमै छैन । स्थानिय दिपक शर्मा भन्नुहुन्छ , “हिजो अस्ति सम्म काम सुस्त हुदाँ बिमानस्थल नबन्ने पो हो कि भन्ने जस्तो लाग्थ्यो तर अहिले कालोपत्रेको काम सम्पन्न भएपछि आशा जागेको छ जहाज चड्न पाइने ।” उहाँ मात्र होइन धेरै इलामेलीको मुहारमा खुसी छाएको छ ।
६ सय ७० मीटर लम्बाइ र बीस मीटर चौडाइ भएको विमानस्थलको धावनर्मामा कालोपत्र निर्माण कार्य सम्पन्न हुदाँ कामको प्रगति ९५ प्रतिशत भएको विमानस्थल आयोजनाले जनाएको छ । जिल्लाकै गौरवपुर्ण आयोजनाको रुपमा मानिएको सुकिलुम्बा विमानस्थलको काम लकडाउनका कारण केही प्रभाबित बने पनि अहिले विमानस्थलको धावनमार्ग सँगै ट्याक्सी र हवाइ पार्कीङ्ग गर्ने स्थान समेत कालोपत्र गर्ने काम सम्पन्न भएको छ बिमानस्थल आयोजना प्रमुख बिनायक भट्टराइको भनाई छ ।
आठ करोड ४० लाखमा निर्माणको ठेक्का पाएको आशिष आशिर्वाद स्वामीनारायण जे भी ले आसफाल्ट कँक्रिट सहित विमानस्थलको कन्ट्रोल टावर बनाउने जिम्मेवारी पाएको थियो । जस्मा अहिले सबै काम सकेर मारकिङ्गको मात्र काम बाकी रहेको निर्माण व्यवसायी गणेश चौहानको भनाई छ । उहाँका अनुसार अबको केही दिनमा आफुहरुले पाएको सबै काम सकिने चौहानको भनाई छ ।
सम्झौता अनुसारको काम समयमानै सम्पन्न भए आगामी बैशाख महिना सम्ममा टेष्ट फ्लाइट गर्ने आयोजनाको लक्ष रहेको छ । बिमानस्थलमा अहिले सम्म भएको काम वाहेक थप पुर्वाधारका लागि तारबार गर्ने, टर्मीनल भवन बनाउने र सुरक्षा गार्डका लागि क्वाटर बनाउन थप १५ करोड बजेट लाग्ने अनुमान रहेको छ ।
बिमानस्थलवाट निस्कने भलले त्यस तलका बस्तीमा प्रत्यक्ष असर गरेपछि प्राधिकरणले ड्रेन व्यवस्थापनलाई पनि प्राथमिकता दिएर काम सम्पन्न गरेको छ । बिमानस्थल बाट माइखोला सम्म नै ढल व्यवस्थापन गर्नका लागि ९ करोडको लागतमा काम भएको छ । बिमानस्थल निर्माण सम्पन्न भएपछि इलाम ,पा“चथर सहित भारतको, दार्जिलिङ, सिक्कम लगायतका स्थानियलाई समेत सजह हुने ठानिएको छ ।
सुकिलुम्काको एउटा वस्ती नै उठाएर ३ सय २८ रोपनी जमिन अधिग्रहण गरेर बिमानस्थल निर्माण थालिएको थियो २०५८ मानै प्रकृया थालिएपछि बिमान चड्ने सपना संगालेका स्थानीयले हेर्न मात्र पाउदा पनि मन बुझाएका थिए । २०६८ सालमा तत्कालिन प्रधानमन्त्री झलनाथ खनालले शिलान्यस गरे पनि निर्माण सुरु हुन अरु केहि वर्ष कुर्नु परेको थियो ।