लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)

  नयाँ बुलन्द  146 पटक हेरिएको

अर्थ मन्त्रालयअन्तर्गतका विभागले गर्ने काम
१. अर्थ मन्त्रालयअन्तर्गतका विभागले गर्ने कार्यबारे छोटकरीमा लेख्नुहोस् ।
 मुलुकको बजेट तयार गर्ने, राजस्व नीति निर्माण गर्ने, कार्यान्वयन गर्ने गराउने, आर्थिक नियन्त्रण गर्ने अर्थ मन्त्रालय मुलुकको राजस्व तथा बजेट प्रशासनको केन्द्रीय निकाय हो । सबल वित्तीय र आर्थिक व्यवस्थापनको माध्यमबाट दिगो, फराकिलो तथा उच्च आर्थिक वृद्धिदर हासिल गरी समग्र अर्थतन्त्रको क्षमता अभिवृद्धि गर्ने दृष्टिकोण लिएको यस मन्त्रालयअन्तर्गत हाल केन्द्रीय कार्यालयका रूपमा महालेखा नियन्त्रक कार्यालय र सार्वजनिक ऋण व्यवस्थापन कार्यालय पर्छन् । आन्तरिक राजस्व विभाग, भन्सार विभाग र सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र विभागका रूपमा रहेका छन् । यी निकायले गर्ने कार्यलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ः
क. महालेखा नियन्त्रक कार्यालयले गर्ने कार्य ः
– सङ्घ, प्रदेश र स्थानीय तहको आय–व्ययको केन्द्रीय लेखा तयार गरी प्रतिवेदन गर्ने,
– भुक्तानी बाँकी रकमको विवरण सङ्कलन गरी केन्द्रीय विवरण तयार गर्ने,
– लेखा प्रणालीको तर्जुमा, कार्यान्वयन र सुपरीवेक्षण गर्ने,
– आन्तरिक लेखापरीक्षण गर्ने,
– बेरुजुको लगत राख्ने, संपरीक्षण, फछ्र्योट र प्रतिवेदन गर्ने,
– लेखा समूहको सञ्चालन गर्ने,
ख. सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले गर्ने कार्य ः
– प्रत्येक वर्ष उठाउन सकिने सार्वजनिक ऋणको आवश्यकता प्रक्षेपण गरी अर्थ मन्त्रालयमा सुझाव पेस गर्ने,
– सार्वजनिक ऋण व्यवस्थापनसम्बन्धी अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन नीति प्रस्ताव तयार गरी अर्थ मन्त्रालयमा पेस गर्ने,
– प्रदेश तथा स्थानीय तहको सार्वजनिक ऋणको सीमा तथा परिचालनका क्षेत्रसम्बन्धी सुझाव दिने,
– वैदेशिक ऋण सम्झौताअनुसार वैदेशिक ऋणको साँवा, ब्याज तथा अन्य शुल्क भुक्तानी गर्ने, हिसाब मिलान गर्ने,
– नेपाल सरकारको तर्फबाट सेयर तथा ऋण लगानीसम्बन्धी काम गर्ने,
– आन्तरिक तथा वैदेशिक ऋण भुक्तानीलगायतका लागि त्रिवर्षीय बजेट प्रक्षेपण गरी अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगमा पेस गर्ने,
ग. आन्तरिक राजस्व विभागले गर्ने कार्य ः
– मूल्य अभिवृद्धि कर, आयकर एवम् अन्तःशुल्क राजस्व सङ्कलन गर्ने, राजस्व असुलीको अनुगमन गर्ने,
– कर निर्धारण विवरणको पुनरावलोकन गर्ने,
– कर कार्यालयको सुपरीवेक्षण गर्ने,
– कर नीति तर्जुमामा सहयोग गर्ने, घोषित कर नीति कार्यान्वयन गर्ने,
– करसम्बन्धी ऐन नियम तर्जुमा एवम् परिमार्जन गर्न सहयोग गर्ने,
– करदातालाई सेवा प्रदान गर्ने,
– कर प्रशासनलाई व्यवस्थित र पारदर्शी बनाई करदातामैत्री कर प्रशासनको व्यवस्था सुनिश्चित गर्ने,
घ. भन्सार विभागले गर्ने कार्य ः
– भन्सार राजस्व सङ्कलन गर्ने,
– भन्सार प्रशासनलाई व्यवस्थित र पारदर्शी बनाई व्यापार सहजीकरण गर्ने,
– अनधिकृत व्यापार नियन्त्रण गर्ने,
– सामाजिक सुरक्षा कायम गर्न सहयोग गर्ने,
– भन्सार महसुल नीति तर्जुमा गर्न अर्थ मन्त्रालयलाई सहयोग गर्ने,
ङ. सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रले गर्ने कार्य ः
– राजस्व र आर्थिक प्रशासनसम्बन्धी विषयमा तालिम प्रदान गर्ने,
– आर्थिक विषय र लेखाका नीति, प्रक्रिया र कार्यविधिमा अनुसन्धान गर्ने,
– तालिमको भावी रणनीति तय तथा प्रभावकारिता अध्ययन गर्ने,

२. नेपालको तराई प्रदेशको परिचय दिँदै यसले देशको आर्थिक विकासमा पु¥याएको योगदानबारे छोटो चर्चा गर्नुहोस् ।
 नेपालको पहाडी भागदेखि दक्षिणतर्फ भारतको सीमासम्म पूर्व–पश्चिम फैलिएको समतल भू–भागलाई तराई प्रदेश भनिन्छ । यसलाई मधेस पनि भनिन्छ । यसको चौडाइ २५ किलोमिटरदेखि ३० किलोमिटरसम्म छ । समुद्र सतहबाट ६० देखि ६०० मिटरको उचाइमा पर्छ । तराईको सिरान भावर र चुरे हो । उत्तरबाट दक्षिणतिर होचो हुँदै जानु तराईको विशेषता हो । यो क्षेत्र उष्ण क्षेत्र हो । यहाँको जमिन प्रायः समतल छ । तराई प्रदेशलाई खास तराई, भावर क्षेत्र र भित्रीमधेस गरी तीन श्रेणीमा विभाजन गर्न सकिन्छ ।
– आर्थिक विकासमा तराई प्रदेशले पु¥याएको योगदान
– पर्यटकीय दृष्टिले धेरै उपयुक्त स्थान, पर्यटन प्रवद्र्धनमा सहयोग, जस्तै ः चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज आदि,
– समथर खेतीयोग्य जमिन, नेपालको अन्न भण्डार,
– धार्मिक दृष्टिले विश्वमै चर्चित स्थान, जस्तै ः लुम्बिनी, रामजानकी
मन्दिर आदि,
– यातायातको सुविधा, विकासका पूर्वाधारमा वृद्धि, रोजगारी
सृजनाको आधारभूमि,
– ठुल्ठूला औद्योगिक एवम् व्यापारिक केन्द्र भएका सहर । जस्तै ः वीरगन्ज, विराटनगर, भैरहवा, नेपालगन्ज आदि,
– राजस्व संकलनमा योगदान,

३. नक्सा भन्नाले के बुझिन्छ ? यसको महŒवबारे लेख्नुहोस् ।
 पृथ्वीको सतह वा यसको कुनै निश्चित अंशलाई प्रतिनिधित्व गर्नका लागि कुनै कागज वा अन्य यस्तै वस्तुमा कोरिएको चित्रलाई नक्सा भनिन्छ । एउटा स्तरीय र आधिकारिक नक्सा निर्माण गर्नु एक जटिल र संवेदनशील कार्य हो । विगतमा मानिसले पृथ्वीको सतहबाटै देखे–जानेका जानकारीका आधारमा आफ्नो सीमित ठाउँको नक्सा तयार पार्ने गर्थे । तर, आधुनिक समयमा उपग्रहबाट लिइएको तस्बिरलाई कम्प्युटरका माध्यमबाट नक्सामा परिणत गर्न सकिने प्रविधि भएकाले बढी सजिलै विश्वसनीय र स्तरीय नक्सा तयार पार्न सकिन्छ । सामान्यतया नक्सा तयार पार्दा उत्तर दिशालाई माथि पारिन्छ । नक्सामा देखाउनुपर्ने कुरालाई ठाउँको सीमितताका कारण चिह्न प्रयोग गरी देखाइन्छ । ती सङ्केतको अर्थ नक्साको तल–माथि कतै सूचीमा उल्लेख गरिएको हुन्छ । एउटा स्तरीय नक्सामा सधँै स्केलको प्रयोग गरिएको हुन्छ । स्केलले नक्साको आकार र वास्तविक जमिनको आकारबीचको अनुपातलाई देखाएको हुन्छ ।
नक्साको महŒव
– नक्साबाट धेरै कुराको जानकारी लिन सकिन्छ । नक्साका उद्देश्य पनि फरक–फरक हुन्छन् । कुनै खास उद्देश्यका लागि तयार पारिएको नक्सा जानकारीमूलक नक्सा हो । नक्सामा के–के कुरा देखाउने भन्ने कुरा यसको उद्देश्यमा निर्भर रहन्छ । आधुनिक युगमा नक्साको ठूलो महŒव रहेको हुन्छ । सरकारले देशमा उपलब्ध स्रोत–साधन, जनसङ्ख्या वितरण, विकास निर्माण तथा सेवा–सुविधाको विस्तार र सञ्चालनका लागि नक्साको सहयोग लिनु जरुरी हुन्छ । पर्यटकले आफू भ्रमण गर्ने ठाउँको भौगोलिक अवस्था, बाटोघाटो, सेवा–सुविधा आदिका सम्बन्धमा जानकारी लिन नक्साको प्रयोग
गर्छन् । यसैगरी, अध्ययन अध्यापनका लागि नक्सालाई निकै आवश्यक र प्रभावकारी दृश्यसामग्रीका रूपमा प्रयोग गर्ने चलन बढेको छ । नक्साका माध्यमबाट जिज्ञासुले विश्वबारे नघुमीकनै महŒवपूर्ण जानकारी हासिल गर्न सक्छन् । यसर्थ, नक्सालाई एक महŒवपूर्ण सामग्रीका रूपमा लिन सकिन्छ ।

४. विकासका पूर्वाधार भनेको के हो ? नेपालमा विकासका पूर्वाधारको विकास हुन नसक्नुका कुनै तीन कारणवारे सङ्क्षिप्त व्याख्या गर्नुहोस् ।
 जनताका लागि सुचारु रूपमा सेवा–सुविधा उपलब्ध गराउन र राष्ट्रको आर्थिक तथा सामाजिक विकास सञ्चालन गर्न आवश्यक हुने सबै किसिमका भौतिक, मानवीय, प्राकृतिक, आर्थिक तŒवलाई विकासका पूर्वाधार भनिन्छ । पूर्वाधारको अभावमा कुनै पनि ठाउँको आर्थिक तथा सामाजिक विकास अगाडि बढ्न सक्दैन । यसरी हेर्दा विकासका लागि उपलब्ध गराइने आधारभूत सेवा–सुविधालाई विकासको पूर्वाधार भनिन्छ ।
नेपालमा विकासका पूर्वाधार विकास हुन नसक्नुका कारण
– नेपालमा विकासका पूर्वाधार विकास हुन नसक्नुका पछाडि धेरै कारण छन् । तीमध्ये तीन कारण निम्नानुसार छन् ः
(क) असुविधाजनक भूधरातलीय अवस्था ः
– नेपालको भूधरातल प्रायः उखडबाखडयुक्त छ । उकालो–ओरालो, भीरपाखा, उपत्यका, गल्छीजस्ता ठाउँमा विकास निर्माणका काम गर्न गाह्रो, ढिलो र खर्चिलो हुन्छ ।
(ख) पुँजी अभाव ः
– नेपाल एक गरिब मुलुक भएकाले यसले पूर्वाधार विकासमा आवश्यक पुँजी सङ्कलन गर्न सकेको छैन ।
(ग) दक्ष जनशक्तिको अभाव ः
– बहुसङ्ख्यक नेपाली जनता अशिक्षित र अदक्ष छन् । आवश्यक दक्ष जनशक्ति अभावमा विकास निर्माणकार्य प्रभावकारी हुन सक्दैन ।

५. मानव संसाधन विकासका विशेषता के–के हुन् ? लेख्नुहोस् ।
 सङ्गठनमा कार्यरत जनशक्तिको ज्ञान बढाउने, सीप सिकाउने तथा धारणामा सकारात्मक परिवर्तन ल्याउने कार्य मानव संसाधन विकास हो । यो कर्मचारीको क्षमता अभिवृद्धि गर्ने कार्य हो । यसमा कार्यगत तहका कर्मचारीलाई सोहीसम्बन्धी तालिम तथा व्यवस्थापकीय तहका व्यवस्थापकलाई व्यवस्थापन विकास तालिम दिन सकिन्छ । मानव संसाधन व्यवस्थापनका कार्य जस्तै ः मानव संसाधनको प्राप्ति, विकास, उपयोग र सम्भारमध्ये मानव संसाधन विकास एक महŒवपूर्ण कार्य हो । मानव संसाधन विकासको यस अर्थबाट पनि यसका केही विशेषता बुझ्न सकिन्छ । अरू विशेषता निम्न छन् ः
– मानव संसाधन विकास सङ्गठनको लक्ष्य हासिल गर्न गरिने कार्य हो ।
– यो एक निरन्तर प्रक्रिया हो । प्रतिस्पर्धात्मक वातावरणमा कर्मचारीलाई सक्षम बनाइरहनुपर्ने भएकाले सङ्गठनको अस्तित्व रहेसम्म मानव संसाधन विकास निरन्तर चलिरहन्छ ।
– यो मानव केन्द्रित कार्य हो । तालिम र व्यवस्थापन विकासजस्ता सबै कार्य मानवलाई केन्द्रमा राखेर बनाइन्छन् ।
– यो व्यवस्थापन र कर्मचारीबीच असल सम्बन्ध कायम गराउने कार्य हो ।
– मानव संसाधन विकास एक प्रणालीगत कार्य हो, जसअन्तर्गत आगत, प्रक्रिया र निर्गत पर्छन् । यो व्यवस्थापनले गर्ने कार्य हो । सङ्गठन र कर्मचारी दुवैका लागि यो आवश्यक हुन्छ ।
– यसले कर्मचारीमा ज्ञान बढाउँछ, सीप सिकाउँछ र धारणामा परिवर्तन ल्याउँछ, यसबाट कर्मचारीको उत्प्रेरणा वृद्धि हुन पुग्छ ।
– यो कर्मचारीको वृत्तिविकासको आधार पनि हो । यसमा तालिम, अभिमुखीकरण, सामाजिकीकरण, स्वदेश, विदेश अध्ययन तथा भ्रमण, सरुवा, बढुवाजस्ता कार्य गरिन्छन् ।

६. नेपालको संविधानमा मौलिक हकका रूपमा दलितको हकसम्बन्धी के–कस्तो व्यवस्था छ ? उल्लेख गर्नुहोस् ।
 नेपालको संविधानको धारा ४० मा मौलिक हकका रूपमा दलितको हकसम्बन्धी देहायबमोजिमको व्यवस्था छ ः
– राज्यका सबै निकायमा दलितलाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक हुने,
– सार्वजनिक सेवालगायतका रोजगारीका अन्य क्षेत्रमा दलित समुदायको सशक्तीकरण, प्रतिनिधित्व र सहभागिताका लागि कानुनबमोजिम विशेष व्यवस्था गरिने,
– दलित विद्यार्थीलाई प्राथमिकदेखि उच्च शिक्षासम्म कानुनबमोजिम छात्रवृत्तिसहित निःशुल्क शिक्षाको व्यवस्था गरिने,
– प्राविधिक र व्यावसायिक उच्च शिक्षामा दलितका लागि कानुनबमोजिम विशेष व्यवस्था गरिने,
– दलित समुदायलाई स्वास्थ्य र सामाजिक सुरक्षा प्रदान गर्न कानुनबमोजिम विशेष व्यवस्था गरिने,
– दलित समुदायलाई आफ्नो परम्परागत पेसा, ज्ञान, सीप र प्रविधि प्रयोग, संरक्षण र विकास गर्ने हक हुने,
– राज्यले दलित समुदायका परम्परागत पेसासँग सम्बन्धित आधुनिक व्यवसायमा उनीहरूलाई प्राथमिकता दिई त्यसका लागि आवश्यक पर्ने सीप र स्रोत उपलब्ध गराउने,
– राज्यले भूमिहीन दलितलाई कानुनबमोजिम एकपटक जमिन उपलब्ध गराउनुपर्ने,
– राज्यले आवासविहीन दलितलाई कानुनबमोजिम बसोवास व्यवस्था गर्ने,
– दलित समुदायलाई यस धाराद्वारा प्रदत्त सुविधा दलित महिला, पुरुष र सबै समुदायमा रहेका दलितले समानुपातिक रूपमा प्राप्त गर्नेगरी न्यायोचित
वितरण गर्नुपर्ने,

७. विकासका पूर्वाधारमध्ये शिक्षालाई किन चौतर्फी विकासको मेरुदण्ड मानिन्छ ?
 शिक्षाले मानिसमा रहेको अज्ञानता हटाई उसलाई सजग, सचेत, उत्पादनमुखी एवम् सिर्जनशील बनाउँछ । जीवनको प्रत्येक पाइलामा शिक्षा अति महŒवपूर्ण हुन्छ । यसले विकास र सभ्यतालाई पनि प्रतिविम्बित गर्छ । भनिन्छ– शिक्षाले विकासको मूल फुटाउँछ । विकासका लागि जुनसुकै देशलाई पनि विभिन्न दक्ष जनशक्ति जस्तै ः डाक्टर, इन्जिनियर, शिक्षक, प्रशासक आदिको आवश्यकता पर्छ । यिनीहरू सबै शिक्षाकै सिर्जना हुन् । देशका अरू क्षेत्रहरू जस्तै ः स्वास्थ्य, यातायात, सञ्चार, उद्योग, व्यापार आदिको विकासका लागि पनि शिक्षाको अपरिहार्य आवश्यकता पर्छ । यसकारण शिक्षाको विकासविना अन्य क्षेत्रको विकास सम्भव छैन । जुन देशको शैक्षिक स्थिति सुदृढ छ, त्यस देशका अरू क्षेत्रहरू पनि विकसित हुन्छन् भन्ने कुरा एउटा स्वाभाविक सत्य हो । यिनै कारणले गर्दा नै शिक्षालाई विकासको सबैभन्दा महŒवपूर्ण पूर्वाधार मानिन्छ । यसर्थ, राष्ट्रिय विकासका लागि जुनसुकै मुलुकले पनि शिक्षा क्षेत्रलाई सबैभन्दा ठूलो प्राथमिकता दिनु आवश्यक हुन्छ ।

८. नसर्ने रोगका कारक तŒव के–के हुन् ? उल्लेख गर्नुहोस् ।
 नसर्ने रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्दैन । जस्तै ः क्यान्सर, मुटुको रोग, दम, मधुमेह आदि नसर्ने रोग हुन् । नसर्ने रोग जोसुकैलाई पनि हुन सक्छ । नसर्ने प्रकृतिका रोग गराउने कारक तŒवह निम्नलिखित छन् ः
(क) परिवर्तन गर्न, रोकथाम गर्न तथा नियन्त्रण गर्न सकिने कारक तŒव ः
– सुर्ती र सुर्तीजन्य पदार्थको सेवन
– मदिराको अत्यधिक सेवन
– अस्वस्थकर खानेकुरा
– शारीरिक निष्क्रियता
– मोटोपन
– उच्च रक्तचाप
– रगतमा चिनी र बोसोको मात्रा बढी हुनु ।
(ख) परिवर्तन गर्न, रोकथाम गर्त तथा नियन्त्रण गर्न नसकिने कारक तŒव ः
– उमेर
– लिङ्ग
– वंशानुगत गुण,

प्रस्तुतकर्ता : हेमचन्द्र शर्मा/गोरखापत्रबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार