प्याङ । माईजोगमाई गाउँपालिका ६ प्याङमा आयोजना भएको सिव रात्री फुटबल प्रतियोगिता बिहिबार सम्पन्न भएको छ । इलामको विभिन्न स्थानीय तहबाट फुटलबल क्लब सहभागि प्रतियोगिताको उपाधि माईजोगमाई ६ स्थित सिरिजङ्गा क्लबले हात पारेको छ ।
सिरिजङ्गा क्लबले कुवा पानी एफ सि रोङ गाउँपालिकालाई १ को बिरुद्ध २ गोल गर्दै जित आफनो पोल्टामा परेको थियो । माईजोगमाई गाउँपालिकाको एक लाख रुपैयाँ आर्थिक सहयोगमा सम्पन्न प्रतियोगितामा बिजेता टिम ले नगद ८० हजार र उप बिजेता टिमले ४० हजार सहित मेड्ल, ट्रफि र प्रमाण पत्र प्राप्त गरेका छन ।
प्रतियोगिताको पुरस्कार कार्यक्रमका प्रममुख अतिथी तथा माईजोगमाई गाउँपालिकाका अध्यक्ष जित बहादूर राईले हस्तान्तरण गरेका थिए । तीन टिम समाबेश भेट्रान्स खेलमा माईजोगमाईले संदकपुर गाउँपालिकालाई ० को बिरुद्ध १ गोल गर्दै बिजय हासिल गरेको थियो । कार्यक्रममा बोल्दै माईजोगमाई गाउँपालिका अध्यक्ष जितबहादूर राईले खेल क्षेत्रबाट माईजोगमाई गाउँपालिकाको पर्यटन विकासका लागि लागि गाउँपालिकाले योजना बनाइराखेको बताए ।