इलाम :अनेरास्ववियु इलाम जिल्ला कमिटी इलामले सामुदायिक विधालय सुधार अभियान चलाउने भएको छ। संगठनको फागुन २४ गते सम्पन्न तेस्रो पुर्ण वैठकले पछिल्लो समय सामुदायिक विधालयको शैक्षिक गुणस्तर थप घट्दो अवस्थामा रहेको निस्कर्स निकाल्दै सामुदायिक विधालय सुधार अभियान चलाउने निर्णय गरेको हो ।
अभियान अन्तर्गत जिल्लाभरका सवै सामुदायिक विधालयमा अनेरास्ववियुका तर्फबाट निरिक्षकको जिम्मेवारी तोकिएको छ । निरक्षकले विधालयको सम्पुर्ण तथ्यांक संकलन गर्दै विधालय स्तरमा अन्तरक्रिया समेत गर्नेछ । तथ्यांक आएपछि जिल्ला स्तरमा सवै सरोकारवाला संग अन्तरक्रिया समेत गरेर शैक्षिक सुधारका लागि कार्य गर्ने संगठन इलामका अध्यक्ष मिलन खत्रीले जानकारी दिए ।
अनेरास्ववियु इलामका अध्यक्ष मिलन खत्रीको अध्यक्षता तथा संगठन केन्द्रीय सचिवालय सदस्य रबिन्द्र सुबेदीको प्रमुख आतिथ्यतामा,केन्द्रीय सदस्यहरू प्रबेस पराजुली,नारायण श्रेष्ठ ,प्रकाश घिमिरे ,विप्लव थापा समेतको उपस्थितिमा भएको वैठकले आगामी चैत्र ३१ गते अखिल सांझ गर्ने,संगठन निर्माण लाइ प्रभावकारी ढंगले संचालन गर्ने लगायतका निर्णय गरेको छ ।