इलाम : पारिवारिक निजी वन संघ जिल्ला साखा इलामले आज इलाम सदरमुकाममा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । संघले आफ्नो ७ ओेैं स्थापना दिवसको अवसर पारेर दिप प्रज्वलन कार्यक्रम गरेको हो ।
कार्यक्रममा पारिवारिक निजी वन संघ इलामका इलामका अध्यक्ष रविन्द्र सुवेदीले पारिवारिक निजी वन किसानहरुको सम्पत्तिमाथिको अधिकार स्थापना र कृषिबालीसरह रुख तथा काठहरु बेच्न पाउने अधिकारको सुनिश्चितता गर्दै सम्बृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय नारामा टेवा पुर्याउन आउँदा दिनहरुमा पनि सम्पूर्ण सरोकारवालाहरु एकजुट हुनुपर्ने वताएका छन ।
निजि वन किसानका समस्या समाधान गर्न सरोकारवाला निकायलाइ सुवेदीले आग्रह समेत गरे । दिप प्रज्वलन कार्यक्रममा ईलामका विभिन्न पारिवारिक निजी वन किसानको सहभागीता रहेको थियो ।