नेकपा एमाले पुनःस्थापना भएको खुसियालीमा इलाममा दिप प्रज्वलन

इलाम : सर्बोच्च अदालतको फैसलाको पक्षमा र नेकपा एमाले पुनःस्थापना भएको खुसियालीमा आईतवार सांझ इलाम चोक वजारमा अनेरास्ववियु इलाम जिल्ला कमिटीको आयोजनामा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।

दिप प्रज्वलन कार्यक्रममा नेकपा एमालेका नेता नरेन्द्रनाथ भट्टराई,अनेरास्ववियु केन्द्रीय सदस्य रबिन्द्र सबेदी र अनेरास्ववियु इलामका अध्यक्ष मिलन खत्रीले सम्बोधन गरेका थिए ।

यस्तै कार्यक्रममा नेकपा ऐमालेका नेता महेश वस्नेत,तारा गुरूङ,कृष्ण श्रेष्ठ ,नवराज संकर,अनेरास्ववियुका नेता ईस्वरी तामाङ ,प्रवेश पराजुली,युवा संघका नेता सुमन श्रेष्ठ लगायत उपस्थित रहेका थिए ।

आईतबार दिउँसो सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युताइदिएको थिय‍ो । ऋषि कट्टेलले आफ्नो पार्टीको नाम प्रचण्ड र केपी शर्मा ओली नेतृत्वको पार्टीलाई दिएको भन्दै सर्वोच्च अदालतमा दर्ता भएको मुद्दामा फैसला सुनाउँदै सर्वोच्चले सो नाम ऋषि कट्टेललाई नै दिएको छ भने ओली र प्रचण्ड नेतृत्वमा रहेको नेकपा खारेज पनि गरेको थियो ।

नेपाल कम्युनिष्ट पार्टी संक्षिप्तमा नेकपा नाम गरेको पार्टी निर्वाचन आयोगमा पहिला दर्ता भइसकेकोले सो फैसला संगै अनेरास्ववियुले देस व्यापि रूपमा आईतवार साझ आधिकारिक रूपमा नेकपा एमालेको कार्यकर्ता भएको खुसियालीमा दिप प्रज्वलन साथै लड्डु खाएर एक आपसमा खुशीसाटासाट गर्दै कार्यक्रम सम्पन्न गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार