श्रम रोजगार तथा सामाजिक मन्त्रालयका सचिवद्वारा सामी परियोजनको अनुगमन


भोजपुर : श्रम रोजगार तथा सामाजिक मन्त्रालयका सचिव सुर्य प्रसाद गौतमद्वारा सामी परियोजना भोजपुरको अनुगमन गरेका छन् । सचिव गौतमको नेतृत्वमा भएको अनुगमनका क्रममा सहसचिव विनोद प्रकास सिंह र भरतमणी पाण्डेले बैदेशीक रोजगारमा जाने कामदारहरुको केश, न्याय तथा वित्तिय साक्षरता एंव मनोसामाजिक परार्मश कक्षा सम्बन्धि जिज्ञासा राखेका थिए । जसको उत्तर सामी परियोजना भोजपुरका कार्यक्रम संयोजक टेक श्रेष्ठले दिएका थिए ।

त्यस्तै मन्त्रालयका सचिव सुर्य प्रसाद गौतमले भोजपुरको ४ वटै स्थानीय तहमा सञ्चालीत सामी परियोजनाले लक्ष्य अनुसारको काम गरेको उल्लेख गरेका छन् ।

यता, भोजपुर नगरपालिकाका मेयर तथा कार्यक्रमका अध्यक्ष कैलाश कुमार आलेले भने ‘सामी परियोजनाले सञ्चालन गरेका कार्यक्रम प्रभावकारी भएसगै आगामी दिनमा परियोजनाले श्रोत, साधन तथा क्षेत्र विस्तार गर्नुपर्दछ । यस्ता कार्यक्रम जिल्लाभरीका ९ वटै स्थानीय तहमा सञ्चालन गर्न सके थप प्रभावकारी हुन सक्छ ।’

भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेको अध्यक्षतामा भएको अनुगमन कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सुर्य प्रसाद गौतमको प्रमुख आतिथ्यता, मन्त्रालयका सहसचिव विनोद प्रकाश सिंह, भरतमणी सिंह, भोजपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेल, मन्त्रालयका उपसचिव राजेश उप्रेती, डा थानेश्वर भुसाल, दिपेन्द्र पौडेल, मन्त्रालयका शाखा अधिकृत प्रेम पोख्रेल, दिपेन्द्र रेग्मी, माईग्रेसन विज्ञ संगीता पुडासैनी, प्रदेश संयोजक कोपीला दाहाल र उमा पौडेलको उपस्थिती रहेको सामी परियोजनाका लेखा तथा प्रशासन अधिकृत कर्ण पुलामी मगरले जनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार