इलाम : नेपाली काँग्रेसका युवा नेता डम्बर खडकाले कम्युनिष्टहरुको ढाँटको खेती देखि दिक्क भएको बताएका छन ।
माइजोगमाइ गा पा वडा नं २ जोगमाइले आयोजना गरेको पाटी प्रवेश तथा कृयाशिल भेलालाई सम्बोधन साथै नवप्रबेशीहरुलाई स्वागत गर्दै खड्काले यस्तो बताएका हुन । इलाम लगाएत देशभर अब जनता काँग्रेसमा धमाधम प्रवेश गर्न थालेको समेत उनले बताए ।
फरक प्रसङ्गमा खड्काले २७ बर्षसम्म यस क्षेत्रमा राज गरेका पुर्व प्रधानमन्त्री झनाथ खनालले जनतालाइ भोट बैकको रुपमा मात्र प्रयोग गरेको बताउँदै इलामको बिकाशका लागी आएको ७२ करोड रकम समेत सर्लाहीमा सर्प पालन तर्फ लगेका बताए ।
उनले इलामको पुर्वी क्षेत्रका सिमा सडक अलपत्र परेको बरबोटे देखि माबु जोडने पक्कि सडक पनि अब नबन्ने अवस्थामा रहेको बताएका छन ।
वडा सभापति मोशन बस्नेतको सभापत्तिवमा भएको कार्यक्रममा पुर्व क्षेत्रिय सभापति भिष्म प्रधान क्षेत्रिय सदस्य ज्ञानी काजी आमन्त्रित जिल्ला सदस्य श्याम खडगी लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रममा माईजोगमाईका मिरा थामी रामचन्द्र न्यौपाने लगायत ४२ जना नेकपा परित्याग गरी नेपाली काँग्रसमा प्रवेश गरेका थिए । नव प्रवेशिलाइ युवा नेता खडकाले स्वागत गरेका थिए ।