मङलबारे : नेपाल राष्ट्रिय शिक्षक सङ्ठन देउमाई नगर समिती इलामको दोस्रो नगर अधिवेशन अग्नि दाहाल अध्यक्षतामा २३ सदस्यीय कमिटी सर्वसहमतचयन गर्दै सनिवार सम्पन्न भएको छ । समितिको उपाध्यक्षमा दल वहादुर तामाङ ,महिला उपाध्यक्षमा निर्मला खनाल,सचिवमा कोमल वस्नेत,सहसचिवमा अन्जना चापागाईं,कोषाध्यक्ष मा चुडामणि दवाडी र सह कोषाध्यक्षमा सीता राई रहनु भएको छ । नगर समिति का अध्यक्ष अग्नि दहालको अध्यक्षता तथा देउमाई नगर प्रमुख सुर्य पोख्रेलको प्रमुख आतिथ्यता भएको अधिवेशन को उद्घाटन सत्रमा ने रा शि सङ्ठन प्रदेश सचिब रघुनाथ मिश्र,देउमाई नगरपालिका उपमेयर पविमाया राइ अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य रबिन्द्र सुवेदी ,शिक्षक हित बचत तथा रिण सहकारी सस्थाका अध्यक्ष बासुदेब रेग्मी इलामका अध्यक्ष बासुदेब रेग्मि,जिल्ला उपाध्यक्ष थिर बहादुर राई सचिब लोक बहादुर थाम्सुहाङ, इलाम नगर अध्यक्ष गोबिन्द बुढाथोकी,मंगलबारे वहुमुखी क्याम्पस का क्याम्पस प्रमुख विपिन कार्की शिक्षक संघ प्रतिनिधि लक्ष्मि गौतम लगायतले सुभकामना मन्तव्य राख्नुभएको थियो । ६ जना सेवा नृवृत्त शिक्षकहरू हेमनाथ दहाल, थिरकुमार राई, दिपक बस्नेत, याम लोरिङ्देन,देबेन्द्र राई र गायत्री बराललाइ सम्मान समेत गरिएको कार्यक्रममा अनेरास्ववियु केन्द्रीय सदस्य प्रवेश पराजुली, नेपाल राष्ट्रिय शिक्षक सङ्ठन इलाम जिल्ला कार्य समिति सदस्यहरू केन्द्र कुमार बस्नेत,तिर्थमान राई,निर्मल तिम्सिना माई नगर अध्यक्ष खेम लिम्बू, लगायतको उपस्थित रहेको थियो । नगर कार्य समितिकि सचिव प्रेम कुमारी रिजालले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सन्चालन सचिव कोमल वस्नेतले गर्नुभएको थियो ।