वडावडामा पुगेर जनताको गुनासो र सुझाव लिदैं सूर्योदयका प्रमुख राई

फिक्कल : इलामको सूर्योदय नगरपालिका ७ मा गुनासो चौ्रतारी  कार्यक्रम सम्पन्न भएको छ । सूर्योदयन गरपालिकाले विगत ३ वर्षदेखि आयोजना गर्दै आएको कार्यक्रम यस वर्ष पनि जारी राखेको हो । हरेक वडावडामा पुगेर जनताको गुनासो जिज्ञासा र सुझाव सुन्दै त्यसै अनुसार अगाडी बढने उदेश्य अनुसार कार्यक्रम गरिएको सूर्योदय नगरपालिकाले जनाएको छ ।

वडा नम्बर ७ का वडा अध्यक्ष लेखनाथ खडकाको अध्यक्षता तथा  सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वाड नम्बर ७ का स्थानीय बासीहरु  गिरीराज राई, तारा खडका, रितुराज पौडेल लगायत २० जनाले वडाका बिभिन्न सवालका बारेमा आफना गुनासा जिज्ञासाहरु राखेका थिए ।

वडाबासीले नगरका कृषि क्षेत्र स्वास्थ्य खानेपानी बाटो बिजुली लगायतका बिभिन्न सवालमा आफना धारणा राखेका थिए । नगरले कन्याम क्षेत्रका ब्यटिफिकेशनमा ध्यान दिएका वडाका अम्बी क्षेत्रमा बर्थिङ सेन्टर निमार्ण गरेको लगायतका काममा नगर प्रमुख राईलाई वडाबासीले धन्यवाद दिएका थिए । भने खानेपानीको पहुच सबै क्षेत्रमा पुराउन अलवेदर सगैँ ग्रामिण सडकहरुलाई कालोपत्रेको अवधारणमा लैजान कृषि क्षेत्रका तालिम मलखाद बिउबिजको  ब्यवस्था गर्न माग गरेका थिए ।

सहभागीको जिज्ञासाको जवाफ दिदै नगरप्रमुख राईले सूर्योदय नगरपालिका परिर्यटकीय नगरी भएकोले पर्यटन मैत्री वातावरण बनाउँदै कसरी सबै क्षेत्रमा दिगो विकास गर्न सकिन्छ भन्नेबारेमा नगरपालिका गभिंर रहेको बताए । उनले कृषक, मजदुर वर्गको जीवनस्तर कसरी माथि उकास्न सकिन्छ भन्नेबारेमा नगरले दीगो विकासको अवधारणाका साथ काम गरीरहको जानकारी दिए ।

त्यसैगरि राईले आगामी १ महिना भित्रमा वडा नम्बर ७ मा निमार्ण भएको बर्थिङ सेन्टरको  औपचारीक उद्घाटन गरिने जानकारी दिए । बर्थिङ सेन्टरको भवन  ६४ लाख मा निमार्ण भएको हो भने आवश्यक सामाग्री १७ लाख बराबरमा खरिद गरीने जानकारी प्राप्त भएको छ ।

कृषि शाखा प्रमुख नारायण लम्लास पशुशाखा  प्रमुख वडा सदस्यहरु तेजबहादुर खडका, चित्रबहादुर राई, गगांदेवी खतिवाडालगायत सयौंको सङ्ख्यामा स्थानीयको उपस्थीति रहेको कार्यक्रममा वडा अध्यक्ष खडकाले वडा नम्बर ७ मा सबै वडाबासीको चाहाना अनुसार उहाहरुकै सुझावमा विकासका काम भईरहेको बताए ।

अनुदानमा गाई वितरण कार्यक्रममा कुनै विवाद नगरी ६ जना कृषक छनोट गरिएको र गाई समेत वितरण गरिककिएको अल वेदर सडक निमार्णकाम आधा भन्दा बढि सकिएको  वडाका कार्यक्रमहरु क्रमश जारी राखेको बताए । किृषि समाग्री खरिद वितरण लगायत वडाका लक्षित समुहका कार्यक्रम पनि जारी रहेको उनको भनाई छ ।

गुनासो सुन्न नगर प्रमुख नै वाडवाडमा आएपछि स्थानीय बासीहरु पनि हर्षित भएका छन् । कार्यक्रम नवनिर्मित बर्थिङ सेन्टरको भवनको प्राङगडमा भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार