पानी परेपछि किसान खुसीले गदगद !

इलाम : यो वर्ष लामो समयसम्म पानी नपरेकोले जमिन सुखा भएकोकोले लेकाली आलु, अलैंची मर्न थालेको थियो । धेरै किसानको जमिन सुख्खा भएकोले मकै अझै पनि छरेको थिएन । तर लामो समयपछि पानी परेकोले किसानहरू खुशी भएका छन् ।

यसरी लामो समयपछि पानी परेकोले प्याङका ओङेल शेर्पा र सोयाङका सुमन बेघाको मन खुशीले थाम्न सकेनन् । त्यसैले उनिहरुले सामाजिक संजालमा लामो समयसम्म थियो । सब यो पानी होइन, मोतिको दानाको वर्षात् भएको हो भनेर पोस्ट गरे । सुमनले पानी नपरेकोले खोर्सानी र मकै छर्न पाएको थिएन भने ओङेल शेर्पाले ३० मन भन्दा धेरै बर्खे आलु भिजाउने बेलामा पानीको अभाव थियो ।

पानी परेसँगै लेखाली किसान हरुको हजारौं हेक्टर क्षेत्रफलमा लगाएको बर्खे आलुलाई पुग्दो पानी परेकोले किसानहरु खुशी भएका हुन् । यो समयमा लेखाली आलुलाई राम्रो सङ पानी पुग्यो र घाम लाग्न थाल्यो भने राम्रो फल्छ त्यसैले लेकाली किसानहरूआफुलाई पुग्दो पानी परेकोले अहिले खुशीले गदगद भएका छन् ।

यो वर्ष राम्रो आलु पलाएको छ पानी आवस्यक परेकै समयमा यसरी पानी परिदिएकोले खुशी नहुने त को होला र भन्दै खुशी भएका प्याङका बिक्रम थेबेले यो वर्ष धेरै फल्ने अनुमान लगाएका छन् । आलु रोपीसकेपछि जंगली जनवार बँदेलबाट रातभर जाग्राम बसेर जोगाएको आलु पानीले भिजाउने बेला आकाशे पानी परेकोले प्याङका कुमार बुढाथोकी र यसोदा राइको खुशीको सिमा नै रहेन लेकाली किसानहरुको प्रमुख आयस्रोत नै बर्खे आलु हो यो वर्ष बीउ नभएकोले बिगत वर्षको तुलनामा ५० प्रतिशतमात्रै रोपेको बुढाथोकी राईले २ रात पानी परेर जमिन पुरै भिजेकोले आलु फल्ने बिस्वासले खुशी भएका हुन् ।

त्यस्तै प्याङका सुवास थेबे र नाम्सालिङका योगमान देवानले खोर्सानी रोप्न वारि महिना दिन अगाडि तयारी अवस्थामा राखेका हुन तर जमिन सुख्खा भएकोले नरोपी बसेका थिए । अहिले पानी परेकोले धमाधम खेतला खोजेर खोर्सनी रोपिरहेका छन उनिहरुले वर्षेनी खोर्सानीबाट लाखौं रुपैया आम्दानी लिरहेका छन् ।

गर्मी सुरुवात हुने बेलामा सोयाङका यादबहादुर लिम्बुले ३० रोपनी क्षेत्र फलमा लगाएको चिया पानी परेकोले केही दिन देखि मुना पलाउन थाल्ने भएकोले समयमा नै चियापति टिपेर बेच्न पाउने भएका छन्  ।

बिगत वर्ष असिनापानी आएकोले समयमा चिया पति आउन पाएन त्यसैले सोछे जस्तो चिया पति टिपेर बेच्न पाएन । यो वर्ष चियालाई पुग्दो पानी परेकोले सोचेको जस्तै चिया पति बेच्ने सोचमा छन् । गर्मी सुरु भएसँगै पानी परेको र आकाशे पानी सबैलाई आवस्यक परेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार