२३ फागुनदेखि प्याङमा शिवरात्री गोल्डकप हुने

माईजोगमाई : इलामको माईजोगमाई-६ प्याङमा महाशिवरात्रीको अवसरमा शिवरात्री गोल्डकप हुने भएको छ ।

३५ वर्ष पहिलेदेखि सुरु भएको महाशिवरात्री गोल्डकपमा खुला पुरुष र महिलाको फुटबल खेल हुँदै आएकोमा यो वर्ष पुरुष फुटबल खेल मात्र हुने प्याङ खेलकुद संघका सचिव भोगेन्द्र ढकालले बताए ।

विविध कारणले गर्दा केही वर्ष अगाडीदेखि शिवरात्रीमा फुटबल खेल मेला लाग्न बन्द रहेको थियो । केही वर्ष गोल्डकप बन्द हुँदा खेलाडी र खेल प्रेमीहरुमा न्यासो लागेकोले यो वर्ष सबैले फुटबल खेलाउनको लागि सलाह दिएको र गाउँको चिनारी जोगाउनको लागि यो वर्षदेखि पुन खेलाउन लागिएको हो ।

लामो समयसम्म प्याङमा शिवरात्रीको अवसरमा फुटबल खेलसँगै मेला लाग्ने गरेता पनि ३ वर्षदेखि शिवरात्री मेला र फुटबल खेल हुन सकेको छैन ।

माईजोगमाई गाँउपालिकाको आर्थिक सहयोग र शेर्पा ट्रेड इलामको सहप्रायोजगमा फागुन २३ गतेदेखि २८ गतेसम्म प्याङ माविको खेल मैदान ल्याउ गैरीमा संचालन हुने आयोजकले जनाएको छ ।

६ दिनसम्म सन्चालन हुने गोल्डकपको बिजेताले नगद ८० हजार ट्रफी, मेडल र प्रमाणपत्र र उपबिजेताले नगद ४० हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार