भोजपुरलाई अलौची सुपरजोन र सुन्तला जोनमा परिमार्जन गर्ने तयारी


भोजपुर । प्रधानमन्त्री कृषी आधुनीकिकरण परियोजनाको निति तथा कार्यक्रम छनौट सम्बन्धि सरोकारवालाहरु विचँ बसेको बैठकले भोजपुरलाई अलौची सुपरजोन र सुन्तला जोनमा परिमार्जन गर्ने भनी निणर्य भएको छ । स्वदेशी सोच, स्वदेशी लगानी र आन्तरीक संस्थागत जनशक्तिबाट तयार कृषि विकास रणनिति कार्यान्वयनको सहयोगी परियोजनाको रुपमा रहेको प्रधानमन्त्री कृषी आधुनीकिकरण परियोजनाको निति तथा कार्यक्रम छनौट बैठकमा उक्त निर्णय भएको हो ।
बैठकमा जिल्लाका सबै स्थानीय निकायहरुसगँ समन्वय गरी अलौचीवालीको क्षेत्र विस्तार तथा जोन विकास कार्यक्रमलाई सुपर जोनमा परिमार्जन गर्न अलौचीको तथ्यांक संकलन तथा सो को प्रतिवेदन परियोजना कार्यान्वय इकाईमा पेश गर्ने निर्णय भएको हो । त्यस्तै सुन्तला, बाख्रा पालन, दुग्ध व्यवसाय, तरकारी र अदुवा तथा वेसारलाई जोन विकास कार्यक्रम सञ्चालन गर्न परियोजना व्यवस्थापन इकाईमा पेश गर्ने निर्णय भएको परियोजना कार्यान्वयन इकाई संखुवासभाका निमित्त बरिष्ट कृषि अधिकृत लक्ष्य बहादुर चौधरीले बताए ।
सखुवासभा र भोजपुरमा हाल २ हजार २ सय ५० हेक्टरमा अलौचीवाली लगाइएको छ, सुपरजोन कार्यक्रम सञ्चालन गर्न मात्र १ हजार हेक्टर क्षेत्रफल आवश्यक पर्दछ । सुपरजोन स्थापना पश्चात कृषकहरुले अलौची सम्बन्धि बजार विस्तार, औद्योगीकरण, आधुनीकिकरण, भण्डार लगायत वृहत कार्यक्रमहरुको उपभोग गर्न पाउने छन् ।
त्यस्तै जिल्लाको अधिकांस क्षेत्रमा उत्पादन हुने सुन्तला, बाख्रा पालन, दुग्ध व्यवसाय, तरकारी र अदुवा तथा वेसार लगायत अन्य वालीहरुको जोन कार्यक्रम सञ्चालन गर्न कृषी ज्ञानकेन्द्र, जिल्ला स्थित सबै स्थानीय निकायहरुसगँ समन्वय भइरहेको छ । स्थानीय निकायहरुमा सञ्चालीत पकेट विकास कार्यक्रम सञ्चालनको कार्यविधिबारे समेत बैठकमा छलफल तथा अन्र्तक्रिर्या भएको समेत निमित्त बरिष्ट कृषि अधिकृत चौधरीले जनाए ।
जिल्ला समन्वय समिति सभापती लक्ष्मण खड्काको अध्यक्षतामा भएको बैठकमा अरुण गाउँपालिका अध्यक्ष गजेन्द्र ब कार्की, टेम्केमैयुङ गाउँपालिका अध्यक्ष धुब्र राई, उद्योग बाणिज्य संघ अध्यक्ष धुव्र श्रेष्ठ लगायत सरोकारवाला निकायहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार