आगलागी पीडित ललित राईलाई आर्थिक सहयोग उपलब्ध

  युद्धबहादुर बोहोरा
14 Shares

 

पाँचथर : मिक्लाजुङ गाउँपालिका -१,सिङ्हाङ निवासी आगलागी पीडित ललित राईलाई आर्थिक सहयोग उपलब्ध भएको छ ।

आर्थिक अवस्था न्यून रहका राईको घर निर्माण तथा अन्य व्यवस्थापन सहयोगमा कोरिया लगायत विभिन्न मुलुकबाट ६० हजार दुई सय ५० रुपैयाँ संकलन गरि हस्तान्तरण गरिएको फाक्तेप युथ क्लबका अध्यक्ष पञ्च कुमार चेम्जोङले जानकारी दिए ।
उनका अनुसार विदेशमा रहेका नेपालीबाट अझै सहयोग संकलन हुने क्रममा करिब ९० हजार रुपैयाँ हाराहारी जुटि सकेको मलेसियामा कार्यरत स्थानीय युवाले बताएका छन् ।λ

 

पीडित परिवारलाई मिक्लाजुङ्ग गाउँपालिकाबाट २० हजार रुपैयाँ उपलब्ध भएको र हाल उनको घर निमार्ण गर्न शुरु गरिएको छ । पीडित परिवारलाई आर्थिक सहयोग गर्ने सबै दाहाहरुलाई स्थानीय बासीले धन्यवाद दिएको चेम्जोङले बताए ।

आगलागी पीडित राईको गत पौष २२ गते बेलुका ६:३० बजको समयमा खाना पकाउने चुल्होबाट आगो फैलिएर फुसको छाना भएको दुई तले घरको माथिल्लो भाग जलेर नस्ट भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार