नेपाली पर्यटनः संख्यामा जोड गर्ने कि, गुणस्तरमा ?   

  निनाम कुलुङ 'मंगले'  130 पटक हेरिएको

अब हामी नेपालीहरुले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरुको संख्यालाई महत्व दिने कि, गुणस्तरलाई ? छलफल चलाउनैपर्ने हुन्छ । हुन त यसो भनी रहँदा सन् २०१९ को अन्त्यतिर सुरु भएको ‘नोभेल कोरोनाभाइरस’ (कोभिड–१९) लाई तुरुन्तै विर्सन हुँदैन । किनभने, नोभेल कोरोनाभाइरस (कोभिड–१९) कै कारण सन् २०२० मा विश्वभरि नै लगभग ७३ प्रतिशतले पर्यटकको संखया घटेको थियो । साथै विश्व पर्यटन उद्योगले ठूलै आर्थिक क्षति व्यहोरेको अवस्था छ ।

जे होस्, सन् २००२ मा तत्कालीन श्री ५ को सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, योजना, नीति, पूर्वाधार र भौतिक विकास शाखाले प्रकाशित गरेको ‘नेपाल टुरिज्म स्टाटिस्टिक–२००२’ नामक किताबमा उल्लेख भएअनुसार सन् १९६५÷०६६ सम्ममा नेपालमा ९ हजार २११ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेको भनी तथ्यांकमा उल्लेख गरिएको छ । त्यसपछि सन् १९६९÷०७० को चार वर्षको अवधिमा चार डबलभन्दा बढी अर्थात् ३९ हजार ६६० जना विदेशीहरुले पर्यटक भएर नेपालको भ्रमण गरेको देखिन्छ । सोही किताबलाई आधार मानेर हेर्दा सन् १९७७÷०७८ देखि भने नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकहरुको संख्याले वार्षिक एक लाख नाघ्न थालेको देखिन्छ । जस्तै सन् १९७० देखि १९७४ सम्मको ४ वर्षे अवधिमा ८९ हजार ८ सय ३८ जना, १९७४ देखि १९७८ को ४ वर्षे अवधिमा १ लाख ५६ हजार १ सय २३ जना, १९७८ देखि १९८२ सम्मको ४ वर्षे अवधिमा १ लाख ७५ हजार ४ सय ४८ जना, १९८२ देखि १९८६ सम्मको ४ वर्षे अवधिमा २ लाख २३ हजार ३ सय ३१ जना, १९८६ देखि १९९० सम्मको ४ वर्षे अवधिमा २ लाख ५४ हजार ८ सय ८५ जना विदेशीहरुले नेपालमा पर्यटकको रुपमा भ्रमण गरेको तथ्यांक देखिन्छ ।

तर, धेरै पछि अर्थात् २०१९ को डिसेम्बर अन्तिमदेखि चीनको दक्षिण–पूर्वी प्रान्त हुपेइको राजधानी सहर वुहानबाट पैmलिन सुरु भएको महामारी नोभेल कोरोनाभाइरस (कोभिड–१९) का कारणले गर्दा यो वर्ष फेरि नेपालमा मात्रै नभएर विश्वभरि नै पर्यटकको संखया घटेको छ । यसले गर्दा विश्व पर्यटन उद्योगले पनि एक किसिमले ठूलै आर्थिक क्षति व्यहोरेको अवस्था छ भने विश्वभरि नै पर्यटक विहीनताका कारण छाएको मूर्दा शान्तिका कारण विश्वका एक से एक पर्यटकीय क्षेत्रहरु रौनकविहीन नै भए ! हुन त नेपालमा पर्यटन व्यवसायको इतिहास त्यति लामो छैन । जसको कारण माथि नै उल्लेख गरिएकै छ । किनभने नेपालमा लामो समयदेखि चलेको जहाँनियाँ (१०४ वर्षे राणा शासन) राणा शासन कालमा विदेशीहरुलाई नेपालमा भ्रमण गर्न लगभग प्रतिवन्ध जस्तै थियो । तर, राणा शासकहरुले आपूmले रिझाउनुपर्ने देशका राजा, महाराजाहरु र कूटनीतिज्ञहरुलाई भने सिकार खेल्न र मनोरञ्जन गर्न आपैm निम्ता गरेर बोलाउने गर्थे । त्यस्तै ठूलै मिसनसहित नेपाल आउने विदेशीहरुले पनि आप्mनो देशको सरकारको विशेष सिफारिसमा मात्रै राणा शासकहरुबाट अनुमति पाउँथे भन्ने भनाइ छ । यसरी हेर्दा विसं २००७ सालमा आएको राजनैतिक परिवर्तनपछि विस्तारै विदेशीहरुका लागि नेपाल भ्रमण गर्न खुल्ला गरियो । त्यो बेला विदेशीलाई नेपाल भ्रमण गर्न  खुल्ला गरिएको वा अनुमति दिन थालिएको भए तापनि विदेशी पर्यटकहरुका लागि नेपालमा अस्थाई रुपमा खान र बस्नका लागि होटल, लज आदिको राम्रो व्यवस्था थिएन भने विदेशी पर्यटकहरुले काठमाण्डौ उपत्यका बाहिर जानका लागि हवाई तथा सडक यातायात लगायत पूर्वाधार विकासमा पनि नेपाल धेरै पछि नै थियो । त्यसैले विसं २००७ देखि विसं २०१५÷०१६ साल (सन् १९४९–५० देखि १९५९÷६०) बीचको संक्रमणकालीन अवस्थामा नेपालमा अपेक्षित रुपमा विदेशीहरु पर्यटकको रुपमा भ्रमण गर्न खासै आएनन् ।

त्यसो त तत्कालीन श्री ५ को सरकारले सन् १९९८ मा पहिलोपटक विभिन्न उदेश्यहरु राखेर ‘नेपाल भ्रमण वर्ष–१९९८’ मनाएको थियो । जस्तै नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या बढाएर पाँच लाख पुर्याउने, उनीहरुको नेपाल बसाई अवधि बढाएर दैनिक १२ दिन पुर्याउने, उनीहरुले नेपालमा रहँदा गर्ने दैनिक खर्च बढाएर दैनिक ४५ डलर पुर्याउने लगयात उदेश्य राखेर पहिलो पटक ‘नेपाल भ्रमण वर्ष–१९९८’ मनाईएको थियो । स्मरणीय छ, सो वर्ष ५ लाख विदेशी पर्यटक नेपाल भित्र्याउने, नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको दैनिक खर्च प्रति व्यक्ति प्रति दिन ४५ अमेरिकी डलर पुर्याउने, नेपाल आउने विदेशी पर्यटकको बसाई अवधि १२ दिन पुर्याउने लगायतका लक्ष्यसहित नेपाल भ्रमण वर्ष मनाईएको भए तापनि पनि सो वर्ष तत्कालीन श्री ५ को सरकारद्घारा घोषित कुनै पनि लक्ष्यहरु पूरा भएन । तापनि सो वर्ष ४ लाख ६३ हजार ६८४ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए भने त्यसको लगत्तै अर्थात् सन् १९९९ मा भने ४ लाख ९१ हजार ५०४ जना विदेशी पर्यटकले नेपालको भ्रमण गरेका थिए । तर, सो संख्या बढोत्तरी हँदै जानुपर्नेमा सन् २००० मा घटेर ४ लाख ६३ हजार ६४६ जनामा झर्यो । अझ सन् २००१ मा त नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या घट्ने क्रम बढेर ३ लाख ६१ हजार २३७ जनामा झरेको थियो । त्यस्तै सन् २००२ मा अझ घटेर नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या सन् १९९९ को ४ लाख ९१ हजार ५०४ जना विदेशी पर्यटकको तुलनामा लगभग ३७ प्रतिशतले घटेर २ लाख ७५ हजार ४ सय ६८ जनामा झरेको थियो । तथ्यांक स्रोतः श्री ५ को सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सन् २००२ मा निकालेको ‘नेपाल टुरिज्म स्टाटिस्टिक–२००२’ नामक किताब ।

समग्रमा हेर्दा २०६२÷०६३ को तेस्रो जनआन्दोलनपछि भने नेपाल आउने विदेशी पर्यटकहरुको संख्या लगातार बढी रहेको थियो÷छ । यो हाम्रा लागि सुखद् समाचार नै हो । त्यसो भए तापनि नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकहरुले नेपालमा आएर गर्ने दैनिक खर्च र, उनीहरुको नेपाल बसाई अवधि आदिमा बढोत्तरी हुन नसक्नु भने दुःखद नै मान्नुपर्ने हुन्छ । हुन सक्छ, त्यसो हुनुमा नेपाल सरकारको पर्यटन नीति अभैm पनि विदेशी पर्यटक मैत्री नभएर पनि होला, त्यस्तै नेपालका पर्यटन व्यवसायीहरुले पनि कमी कमजोरी गरेका होलान् नै ! त्यसैले हामीले नेपाल आउने विदेशी पर्यटकहरुको टाउका (संख्या) पनि गन्ने, उनीहरुले नेपाल भ्रमण गर्न आउँदा गर्ने दैनिक खर्च र नेपाल बसाईमा पनि सुधार ल्याउनेतर्पm सोच्ने वा भनौं कदम चाल्दै जाने गर्नुपर्ने देखिन्छ । त्यसैले अब नेपाल सरकार, नेपालका निजी क्षेत्रका पर्यटन व्यवसायी, ुपर्यटन मजदुरहरु लगायत सरोकारवालाहरुले यस विषयमा विषेश ध्यान दिनुपर्ने देखिन्छ । पछिल्लो पटक नेपाल भ्रमणमा आएका विदेशी पर्यटकको संख्या सन् २०१५ मा घटेको भएता पनि सो वर्ष विदेशी पर्यटकहरुले आप्mनो नेपाल बसाई अवधिमा गरेको दैनिक खर्च भने, हालसम्मकै सबैभन्दा धेरै रहेको थियो । स्मरणीय छ, सन् २०१५ मा विदेशी पर्यटकहरुले आप्mनो नेपाल बसाई अवधिमा गरेको दैनिक खर्च लगभग ७१ अमेरिकी डलर थियो । जबकि सन् २०१७ मा औसतमा एकजना विदेशी पर्यटकले आप्mनो नेपाल बसाइको क्रममा ५५ अमेरिकी डलर मात्रै दैनिक खर्च गरेका थिए भने् सन् २०१८ मा एकजना विदेशी पर्यटकले औसतमा दैनिक ४४ अमेरिकी डलर मात्रै खर्च गरेको देखिन्छ । त्यसैले सुन्दा तितो लागे तापनि यो तथ्यांकले नेपाल वास्तवमै विश्वका ‘वेस्ट टुरिस्ट !’ (जताभावी फोहर गर्ने, प्राकृतिक वातावरण बिगार्ने, संस्कार, संस्कृति नस्ट गर्ने) हरुका लागि सँधैका लागि स्वर्ग बन्दै जाने त होइन ? भन्ने पनि देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार