नेकपा आधिकारिताको फैसला २० फागुनमा

काठमाडौं : सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी नामको दल कसको भन्ने विवादको निर्णय फागुन २० गते दिने भएको छ । नेकपाको नामका विषयमा ऋषिराम कट्टेल र हालको सत्तारुढ पार्टीका बीच विवाद रहदै आएको छ । आयोगले सत्तारुढ पार्टीलाई नाम दिएपछि कट्टेल सर्वोच्च अदालत पुग्नु भएको थियो । न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा नेपाल कम्युनिष्ट पाटी (नेकपा) ले आफ्नो पार्टीसँग नाम जुधाएका विवादमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष कट्टेलले दायर गरेको रिट निवेदनको सुनुवाइ सकिएपछि फैसला सुनाउने मिति तोकिएको हो ।

नेकपाका अध्यक्ष कट्टेलले निर्वाचन आयोगमा २०६९ मा नेकपाका नाममा आफूले दल दर्ता गरेको तर तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच २०७५ साल जेठ ३ मा एकतापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै नाममा निर्वाचन आयोगमा दल दर्ता भएकाविरुद्ध रिट निवेदन दायर गरेका थिए । अध्यक्ष कट्टेलले निर्वाचन आयोगमा उतिबेलै त्यसविरुद्ध उजुरी दिए पनि केपी शर्मा ओली र पुष्पकमल दाहाल अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पक्षमा निर्णय गरेको थियो । हाल ओली र दाहाल पक्षबीचमा पनि विवाद देखिएका बेला आयोगको यस मुद्धाको फैसला अर्थपूर्ण हुन सक्नेछ । आयोगको उक्त निर्णयविरुद्ध अध्यक्ष कट्टेलले २०७५ साल मंसिर २१ गते रिट दायर गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार