अदुवाको मूल्य घटेसँगै इलामका किसान निरास

अदुवाको मूल्य घटेपछि किसान निरास

इलाम । अदुवाको मूल्य घटेसँगै इलाम सहित प्रदेश १ का किसान निरास भएका छन् । गत वर्ष प्रतिमन ६ हजार रुपैयाँसम्ममा बिक्री भएको अदुवा यस वर्ष प्रतिमन एक हजार रुपैयाँमा मात्र बिक्री हुँदा किसान निरास भएका हुन् ।

गत वर्ष पर्याप्त मूल्य पाएका किसान यस वर्ष कम मूल्यमै अदुवा बेच्न बाध्य भएका छन् । पछिल्लो समय भारतीय बजारमा अदुवा सस्तिएसँगै यस वर्ष मूल्य कम आएको हो । यस वर्ष लागत पनि नउठेको किसानले गुनासो गरेका छन् ।

अन्य खेती विस्थापित गरेर अदुवा खेती लगाए पनि श्रम मूल्य नपाउँदा निरास हुनुपरेको उनीहरुले बताएका छन् । स्थानीय व्यापारीले अदुवा किनेर जिल्लाका ठूला व्यापारीलाई दिने गरेका छन् ।

विगत वर्षदेखि नै इलाम, पाँचथर र ताप्लेजुङलगायतका जिल्लाको अदुवा भारतीय बजारमा निकासी हुँदै आएको छ । भारतकै कारण यस वर्ष भाउ नआएको किसानले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार