ओलीले राजिनामा नदिए संसदले घोक्र्याएर निकाल्छ : भण्डारी

  नयाँ बुलन्द  619 पटक हेरिएको

इलाम : जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य शरदसिंह भण्डारीले प्रधानमन्त्री केपी ओलीले अदालतले प्रतिनिधिसभा पुर्नस्थापनो एक मिनेटमै नैतिकताको आधारमा राजीनामा दिनुपर्नेमा हालसम्म राजीनामा नदिएर लाज पचाएर सरकारमा बसिरहेको बताएका छन् ।
उनले प्रधानमन्त्री ओलीले अझैपनि सरकारमा बसिरहे संसदबाट घोक्र्याएर निकाल्ने चेतावनी दिए । ‘नैतिकता भएको भए प्रतिनिधसभा पुनस्र्थापना हुनसाथ राजिनमा दिनु पर्दथ्यो । तर दिनुभएन’ भण्डारीले भने, ‘यसरी नै अटेर गरेर बसिरहे घोक्राएर निकाल्नुको विकल्प छैन । संसदले घोक्राएर निकाल्छ ।’
भण्डारीले आफ्नो पार्टीले उठाउँदै आएको मुद्धाप्रति राजनैतिक प्रतिवद्धता नभए आफ्नो पार्टी कुनैपनि सरकारमा सामेल नहुने बताए ।
कार्यक्रममा कार्यकारिणी सदस्य परसुराम बस्नेत, सुशीला श्रेष्ठ, केन्द्रीय सदस्य एवम् प्रदेश १ अध्यक्ष प्रविण चाम्लिङ, केन्द्रीय सदस्य एवम् लिम्बुवान राष्ट्रिय समिति अध्यक्ष खगेन्द्र माखिम, केन्द्रीय सदस्य निर्मला तावाले सवोच्च अदालतको फैसलाले जनतालाई लोकतन्त्रप्रतिको विश्वास बढाएको बताएका थिए ।
अधिकांश वक्ताहरुले संसदमा बलियो प्रतिपक्षी भूमिका निर्वाह गर्ने काँग्रेस प्रधानमन्त्री ओलिलाई देख्ने बित्तिकै निरीह बन्ने गरेको टिप्पणी गरेका थिए ।

जनता समाजवादी पार्टी इलामका अध्यक्ष कमल चाम्लिङको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष छिकिन तामाङ र संचालन सचिव यामप्रसाद लिम्बूले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार