तानाशाहतर्फ उन्मुख ओलीको कदम अदालतद्वारा अन्त्य : वरिष्ठ नेता राई

  नयाँ बुलन्द  504 पटक हेरिएको

इलाम : जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले तानाशाहतर्फ उन्मुख बनेका प्रधानमन्त्री केपी ओलीको कदमलाई अदालतले अन्त्य गरिदिएको बताएका छन् ।

‘संसद विघटनका परिकल्पना तानाशाहले मात्र गर्न सक्छ । केपी ओलीको ५ पुसको कदम तानाशाहतर्फ उन्मुख थियो’ राईले भने, ‘सर्वोच्च अदालतले उनको परिकल्पना असफल बनाइदिएको छ ।’

संविधानको पालना गर्नुपर्ने प्रधानमन्त्री नै संविधान मिच्दै हिँड्नु तथा संविधानको परिपालक र रक्षक राष््ट्रपतिले नै त्यसलाई सहयोग गर्नुले आकाशमा बादल छाएको भएपनि सर्वोच्चको फैसलाले बदल लागेको आकाश सफा भएको टिप्पणी गरे ।

नेता राईले मुलुकलाई समृद्ध बनाउन र विकास गर्न अबको केही वर्ष लोकतन्त्रवादी शक्तिहरु एक हुनुपर्नेमा जोड दिए । संविधानमा रहेका कमजोरीलाई जनताको चाहनाअनुरुप संसोधन गर्दै सर्वस्वीकार्य बनाउन समेत परिवर्तनकारी शक्तिहरुको सहकार्य आवश्यक रहेको बताए ।

उनले नेपालको संविधान धेरै हिसाबले विभेदकारी भएकोले दीगो शासन व्यवस्था दिनसक्ने बनाउन संविधान संशोधन हुनुपर्नेमा जोड दिए ।

‘हाम्रो संविधान अधुरो र अपुरो छ । यसलाई जनताको चाहनाअनुसार संसोधन गर्दै जानुको विकल्प छैन’ राईले भने, ‘त्यसका लागि लोकतन्त्रवादी र परिवर्तनकारी शक्तिहरु सहकार्यको विकल्प छैन ।’

कार्यक्रममा कार्यकारिणी सदस्य सरदसिंह भण्डारी, परसुराम बस्नेत, सुशीला श्रेष्ठ, केन्द्रीय सदस्य एवम् प्रदेश १ अध्यक्ष प्रविण चाम्लिङ, केन्द्रीय सदस्य एवम् लिम्बुवान राष्ट्रिय समिति अध्यक्ष खगेन्द्र माखिम, केन्द्रीय सदस्य निर्मला तावाले सर्वोच्च अदालतले गरेको संसद पुर्स्थापनाले जनतालाई लोकतन्त्रप्रतिको विश्वास बढाएको बताएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार