आज इलाममा जसपाकाे जनसभा हुँदै, यादव, राई र भण्डारीले सम्बोधन गर्ने

  नयाँ बुलन्द  133 पटक हेरिएको

इलाम : जनता समाजवादी पार्टी (जसपा) इलाम जिल्ला समन्वय समितिले बिहीबार (आज)  इलाममा बृहत जनसभा गर्दैछ ।

इलाम चोकबजारमा आयोजना गरिने जनसभालाई जसपाका अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई र केन्द्रीय कार्यकारिणी सदस्य सरदसिंह भण्डारीले विशेष रुपमा सम्बोधन गर्ने छन् ।

कार्यक्रममा परसुराम बस्नेत र सुशिला श्रेष्ठ, केन्द्रीय सदस्य एवम् प्रविण चाम्लिङ, केन्द्रीय सदस्य एवम् लिम्बुवान राष्ट्रिय समिति सदस्य खगेन्द्र माखिम, केन्द्रीय सदस्य भुपेन्द्र नेम्बाङ, मित्र चापागाई, प्रेमराज लावती, प्रेमदिप थाम्सुहाङ. निर्मला तावा, प्रदेश कोषाध्यक्ष विनोद नेम्बाङलगायत इलाम आइपुगेका छन् ।

जनसभामा सहभागी हुन पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताका साथै जिल्लाबासीहरुलाई  जसपाले अपिल समेत गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद विघटन गरेपछि जसपा संसद पुनःस्थापनाको माग गर्दै सडक आन्दोलनमा उत्रिएको थियो । हाल सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीको कदमलाई बदर गरिदिएपछि संसद पुनःस्थापित भएको छ । यस अवसरमा पनि जसपा इलामले  जनसभा गर्न लागेको हो ।

संसद पुनःस्थापना भएको खुसियालीमा मंगलबार साँझ जसपाका विभिन्न संगठनहरुले देशका विभिन्न स्थानमा दिपावली समेत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार