संसद् पुनर्स्थापनासँगै इलाममा पनि खुसियाली

  नयाँ बुलन्द  136 पटक हेरिएको

इलाम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) इलामले संवैधानिक सर्बोच्चता स्थापित भइ जनताको विजय भएको अवसरमा इलाममा खुसियाली तथा विजय र्यालि निकालेको छ । प्रचण्ड–माधव समुहको र्यालि इलामको ठुलो टुडिखेलबाट सुरु भएर बजार परिक्रमा गर्दै जिल्ला विकास समन्वय समिती इलामको सभाहलमा गएर कार्यक्रममा परिणत भएको थियो ।

पार्टीका अध्यक्ष भक्त केसीको अध्यक्षता, प्रदेश कमिटी सदस्य मणिकुमार लिम्बुको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टीका सचिवालय सदस्य प्रवाश शर्माले स्वागत तथा कार्यालय सचिव प्रकाश परियारले कार्यक्रम संचालन गरेका थिए ।

कार्यक्रममा प्रदेश सदस्य कान्छा लावती, उर्मिला तामाङ, राम राई कार्यालय सदस्य शान्ता बस्नेत, जिल्ला सचिवालय सदस्यहरु जितबहादुर राई, जिवन शर्मा, नेपाल युवा संघ प्रदेश सदस्य हुकुम थामी, जिल्ला संयोजक महेश तिवारी, सहसंयोजक विक्रम लिम्बु अनेरास्ववियू संयोजक मानबहादुर गुरुङको  आतिथ्यता साथै पार्टी कार्यकर्ताको उपस्थित रहेकोे थियो ।

कार्यक्रममा प्रमुख अतिथि मणिकुमार लिम्बुले सर्वोच्च अदालतको फैसलाले प्रतिनिधिसभा पुनर्स्थापित नभई संविधान र लोकतन्त्रको रक्षा पनि गरेको बताए । उनले देशलाई प्रतिगामी षड्यन्त्रको ठूलो चक्रब्यूहमा राजनीतिक सङ्कटको अँध्यारो सुरुङतिर लैजाने खतराबाट पनि बचाउने योगदान पुर्‍याएको बताए ।

अध्यक्ष भक्त केसीले यो संवैधानिक सर्बोच्चता जनताको विजय भएकोले असत्य कुनै सेटिङ र षडयन्त्रले नटिक्ने बताए । उनले यो संगै प्रतिगमन विरुद्धको सबै कार्यक्रम स्थगित भएको अब विजय उत्सव र संगठन निर्माणमा तीब्रता दिने कार्यक्रम गरिने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार