सडक निर्माणले स्थानीयमा आशा पलाउदै

सडक निर्माणले स्थानीयमा आशा पलाउदै

इलाम : बर्षौदेखि निर्माण थालिएको झापाको दमकदेखि इलाम पाँचथर सीमावर्ती चिसोपानी पञ्चमीसम्मको सडक निर्माण पूरा नहुदा स्थानीयले सास्ती खेप्नु परेको छ । पछिल्लो समय सडक निर्माणले गति लिए पछि भने स्थानीयमा आशा पलाएको छ । एउटै खोला ६५ ठाउँमा तर्दै यात्रा गर्नु पर्ने बाध्यता खेपेका पश्चिमी इलामका बासिन्दाले सडक निमाणले गति लिए सगै खुसी ब्यक्त गरेका छन् । हिउदमा आफनो ठाँउलाई सहज महसुस गर्ने स्थानिय बर्खालागे पछि समुन्द्रको टापु सरह मान्दर्थे । झापाको दमक माथिको रतुवा खोलैखोला यात्रा गर्नु पर्ने वाध्यता बोकेका स्थानीयले चाँडो सडकको निर्माण कार्य पूरा गर्न माग गर्दै आएका छन् ।  स्थानिय लोकमाया लिङदेनले सडक निमार्ण समयमा नै भइदिए बर्खामा उपचार नपाएर कसैले ज्यान गुमाउनु नपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “ सडन नभएकै कारण स्थानियहरुले कसैले नखेपेको सास्ती खेप्नुपरेको छ । तर अब सडक बन्छ भन्ने आसा पलाएको छ । ”

यस्तै विभिन्न राजनीतिक दलले चुनावका बेला तत्काल सडक कालोपत्रे गर्ने भाषण दिने गरे पनि दुई दशक भन्दा धेरै समयदेखि यो सडकको अवस्था उस्तै छ । चुरेको कठिन भूगोल र खोला र जंगलबीच खोलिएको यो सडक निर्माण पूरा हुँदा पश्चिमी इलामसहित पाँचथर, ताप्लेजुङ र तेह्रथुमका बासिन्दालाई समेत तराई झर्न सहज हुने मात्र छैन कृषि उपज सामाग्रीले समेत राम्रो मुल्य पाउने बिश्वास गरिएको माङसेवुङ गाँउपालिकाका वडा सदस्य इन्द्र सम्बाहाम्फेको भनाई छ । सम्बाहाम्फेका अनुसार यो सडक निमार्ण पस्चात तराई झर्न यहाँका बासिन्दालाई सहज हुनेभएपनि यहाँका स्थानियको जिवान सैलीमा समेत परिबर्तन आउने उहाँको बुझाई छ ।

तर अझै पनि इलाम सदरमुकाम हुँदै जाँदा गजुरमुखी छेउमा रहेको ठाडे खोलो तगारो छ यतिबेला हिउदमा सहज भएपनी बर्खामा खोला तर्न समस्या छ । बिगतका बर्षहरुमा झापाको दमक–रवि–चिसापानी सडक हुँदै आउनका लागि रतुवा खोलाले वर्षातका चार महिना बाटो काट्न दिँदैन थियो ।  झापाको विर्तामोड–दानाबारी हुँदै आउने बाटोमा पनि माईखोला अवरोध बन्ने गर्दथियो तर अहिले दुबै खोलामा पुल निर्माण भईसकेको छ । यस्ले थप स्थानियमा सहजता थपेको छ ।

बिगतमा हिउँदमा पनि दमकबाट आउने यातायातका साधनका लागि रतुवा खोलाको बगरको विकल्प थिएन । बर्षातमा माङ्मालुङदेखि आउने रतुवाको भेल र सन्दकपुरदेखि आउने माईखोलाको भेलले माङ्सेवुङलाई टापुमा परिणत हुने गरेको थियो । त्यही भएर माङ्सेबुङवासीको वर्षातको पाँच महिने बास कुनै सामुद्रिक टापुमा बसेको भन्दा फरक थिएन । त्यही नियती खेपेका स्थानियहरु अहिले सडक निर्माणले गतिलिए सँगै मुहारमा चमकपन देखाउदै खुशी ब्यक्त गर्ने गरेका छन् । नयाँ संविधान निर्माणपछि संघीय संरचना बन्यो । साविक तीन गाविस गजुरमुखी, इभाङ र बाँझो जोडेर माङ्सेबुङ गाउँपालिका बन्यो । माङ्सेबुङ गाउँपालिकाभित्र समेटिएका साविकका तीन गाविसलाई पहिलेदेखि नै इलामको कर्णाली भनिँदै आएको थियो ।

यहाँ अझैपनी सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, विद्युतको समस्या पेचिलो रूपमा छ । यता गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोले सबै क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहनुभएको छ । उहाँले आफ्नो कार्यकालको समय अवधिमा यि सबै समस्या हल गर्ने कम्मर कसेर लागिरहेको बताउनुभयो ।

पछिल्लो पटक केन्द्रिय योजनामार्फत झापाको दमकदेखि इलाम पाँचथर सीमावर्ती चिसोपानी पञ्चमीसम्मको सडक निर्माणको काम भइरहेकोले स्थानीयमा आशा पलाएको हो । अघिल्लो वर्ष ५९ करोड रुपैयाँमा ठेक्का सम्झौता भएर दमकदेखि चिसोपानी पञ्चमी बजारसम्म ३५ किलोमिटर खण्डमा सडक स्तरउन्नतीको काम अघि बढेको हो । यस क्षेत्रका बासिन्दालाई सहजता प्रदान गर्दै यहाँको आर्थिक गतिविधिलाई पनि महत्वपूर्ण योगदान पुर्याउन महत्वपूर्ण मानिएको यो सडकको कामलाई तोकिएकै समयमा पुरा गर्न सम्वन्धित पक्ष गम्भिर हुनु पर्छ नत्र स्थानियको नियती जस्ताको त्यस्तै नै रहिरहने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार